नाइजेरियामा राष्ट्रपतिका लागि खोलिएको क्लिनिकको दुरावस्था 



Download our app to get more features

२८ असोज (रासस\एएफपी) : नाइजेरियाका सांसदहरूले राष्ट्रपतिको स्वास्थ्य सेवाका लागि दिइएको रकम सदुपयोग नभएको भन्दै छानविन गर्ने भएका छन् । राष्ट्रपतिको स्वास्थ्य सेवा, औषधी, उपकरणहरू लगायतका सेवाका लागि सरकारी कोषबाट अत्यधिक रकम पठाइएको भएपनि त्यो अनुसारको सेवा सुविधा नभएकाले छानविन गर्न लागिएको हो । 

प्रमुख प्रतिपक्षी दल पिपल्स डेमोक्रयाटिक पार्टी (पिडिपी)ले राज्यको रकमबाट राष्ट्रपतिका लागि खोलिएको क्लिनिकको दुरावस्था रहेको भन्दै छानविन गर्न माग गरेको छ । साथै क्लिनिकमा कार्यरत कर्मचारीहरूले गरेको क्लिनिकको आर्थिक कारोबारका बारेमा पनि नियमन गर्नु पर्ने उनीहरूको भनाई छ । 

सरकारले गत तीन बर्षमा मात्रै राष्ट्रपति क्लिनिकका लागि औषधी र उपकरण किन्न तीन करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । यसै हप्ताको सुरुमा राष्ट्रपति मोहम्मद बुहारीकी श्रीमती आइसाले अवुजामा रहेको सो क्लिनिकमा उपचार गराउन खोज्दा पर्याप्त उपचार सेवा नभएर त्यहाका चिकित्सकहरूले विदेश जान सुझाव दिएका थिए । तर उहाँले उपचारका लागि विदेश जान भने अस्वीकार गरेका  छन्। 
उनले भने  “त्यो क्लिनिकमा एउटा सुईसम्म पनि छैन अन्य उपकरणको त कुरै छाडौँ । औषधी पनि केही छैन, यसले राज्यको स्वास्थ्य सेवाको अवस्था कति दयनीय छ भन्ने झल्काउछ । ” 

राष्ट्रपतिकी एक जना छोरी जाहर्राले क्लिनिकमा पारासिटामोल जस्तो सामान्य औषधी समेत नभएको भन्दै अनुसन्धानका लागि आह्वान गरे ।  उनले क्लिनिकका कर्मचारीको काम र क्लिनिकको अवस्था देखेर त्यति धेरै रकम कहाँ गयो भनेर सोधेका छन् ।  सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको परिवार र कर्मचारीहरूलाई सम्पूर्ण उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । 
नाइजेरियामा गत सन् २०१५ मा राष्ट्रपतिय निर्वाचन भएको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts