किन कोही प्लाष्टिक सर्जरीपछि झनै कुरुप बन्छन् ?

प्लाष्टिक सर्जरी गराउँदा मृत्यु समेत हुने



Download our app to get more features

बीबीसी,२५ असोज । जर्सन टुजिलो नामका एक युवा आफनो अनुहारलाई खुब राम्रो र अकर्षक बनाउने लोभमा अनुहारको प्लाष्टिक सर्जरी गराए ।

तर त्यसको परिणाम यस्तो निस्कियो की अहिले उनी आफ्नो अनुहार ऐनामा हेर्दा आफै तर्सिन्छन् । कोलम्बिया निवासी जर्सनलाई ४ वर्ष अगाडी एक डाक्टरले उनको गालामा परेको खाल्डो पुर्नका लागि एक इन्जेक्सन लगाइदिएका थिए । उनी भन्छन् की–तीन महिनापछि मेरो अनुहार गम्भिर देखियो, मुख बाहिर निस्किएजस्तो देखियो, अनुहार पूरै रातो हुँदै आयो ।

२८ वर्षका जर्सनले आफ्नो बिग्रिदो अनुहारलाई बचाउनका लागि थप ४ वटा सर्जरी गराए । उनको अनुहार अहिले लगभग ६० प्रतिशत ठीक भएको बीबीसीले लेखेको छ । उनी भन्छन् कि– मलाई यो लाग्छ की अझै २ वटा थप शल्यक्रिया गर्नपर्छ होला । स्पेनमा गरिने प्लाष्टिक सर्जरी मध्ये १६.५ प्रतिशत सर्जरी पहिलाको भन्दा पनि खराब र कुरुप देखिने खालका परिणाम आएपछि पुनः सर्जरी गर्नुपरेको तथ्य रहेको बीबीसीले लेखेको छ ।

इन्स्च्यिूट अफ लीगल मेडीसनका अनुसार कोलम्बिया धेरै प्लाष्टिक सर्जरी गराउने देशका रुपमा परिचित छ । सन २०१५ मा कोलम्बियामा प्लाष्टिक सर्जरी गराउने क्रममा १३ जनाको मृत्यु नै भएको थियो भने,२०१६ मा यो आंकडा बढेर ३० पुगेको थियो । कयौं पढेलेखेका तथा जानकार मानिस समेत प्लाष्टिक सर्जरीको शिकार भइरहेको समाचारमा जनाइएको छ । 

पत्रकार लोरन बेल्ट्रानले  आफ्ना अनुभव साझा गर्दै बताएकी छिन् की– जब म १८ वर्षकी थिएँ, मैलै आफ्नो ब्रेस्टको प्लाष्टिक सर्जरी गराए । मैलै सर्जरी गराएको ठाउँको क्लीनीक डाक्टरहरुको विशेष इलाकामा रहेको हुँदा म ढुक्क भएर सर्जरी गराएँ । उनी अघि भन्छिन्–मेरो सर्जरी एकदमै खराब सावित भयो, मेरा स्तनहरुको स्वरुप पूरै बिग्रियो र स्तनको एक निप्पलमा त टाँकाको दाग समेत भद्दा गरी बसेको छ । त्यसपछि लोरेनले अर्को एक सर्जरी गराइन तर त्यो राम्रो होला भन्दा पहिलो भन्दा पनि झनै बिग्रिएर गयो ।

एक पत्रकार भएकाले पनि लोरेनले सर्जरी गर्ने डाक्टरको बारेमा जाँच तथा अनुसन्धान शुरु गरिन् तब उनले पत्ता लगाइन की कोलम्बियामा डाक्टरहरुको एउटा समूह ब्राजील गएर सर्जरीको सानोतिनो कोर्ष लिदाँ रहेछन् र आफ्नो देशमा आएर जानी नजानी सर्जरी गर्दारहेछन् जस्को कारण सर्जरी बिग्रिदो रहेछ । लोरेनले यो घटनाबाट न्याय पाउन तथा भावी दुर्घटनाबाट अरुलाई बचाउनका लागि अदालतको ढोका ढकढकाएकी छिन् । यसविषयमा अदालतमा जाँच जारी रहेको बताइएको छ । 

Last modified on 2017-10-11 10:25:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts