अमेरिकामा परिवार नियोजनका साधनबारे नयाँ नीति



Download our app to get more features

बीबीसी । ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहँुँच पाउनबाट बन्चित पार्न सक्ने गरी परिवार नियोजन साधन बारे नयाँ नीति घोषणा भएको छ ।

रोजगारदाता अथवा बीमा कम्पनीहरूले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउन नपाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकामा ट्रम्प प्रशासनले नयाँ नीति घोषणा गरेको छ जसले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्नसक्छ ।

स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘रोजगारदाता अथवा बीमा कम्पनीहरूले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध नगराउन सक्नेछन् ।’ उनीहरुले स्वास्थ्य बीमामा धेरैको पहुँच पुर्यायउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको अफोर्डेबल केयर एक्ट भनिने ऐन अन्तर्गत त्यसो गर्नुपर्ने हुन्छ । 
गत शुक्रवार घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो ।
आलोचना

उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरूले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरूले आलोचना गरेका छन् । अमेरिकन सिभिल लिवर्टिज युनियनले यसलाई अदालतमा कानूनी रुपमा चुनौती दिइसकेको छ ।
क्यालिफोर्निया राज्यका महान्यायाधिवक्ताले उक्त परिवर्तनविरुद्ध लड्नका निम्ति आवश्यक जेसुकै गर्न तयार रहेको बताएका छन् । ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरूले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउन पाइरहेका थिए ।

अमेरिकी स्वास्थ्य नीतिमा व्यापक फेरबदल ल्याउने प्रयासस्वरुप ओबामाले उक्त ऐन लागू गराएका थिए । तर, चुनावी अभियानका क्रममा ट्रम्पले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
शुक्रवारको घोषणापछि नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘संस्थाहरूले धार्मिक आस्थाको अनुशरण गर्ने र धार्मिक आस्थाकै आधारमा विभेदको सामना गर्न नपर्ने अवस्था हुनुपर्छ । अमेरिकी तल्लो सदनका सभामुख पल रायनले उक्त निर्णय धार्मिक स्वतन्त्रताको दिशामा एउटा महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन् ।
 

Last modified on 2017-10-08 17:21:04

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts