विश्व कै सबैभन्दा मोटी महिला इमानको निधन

एजेन्सी । विश्व कै सबैभन्दा मोटी महिला इमान अहमदको ३७ वर्षको उमेरमा निधन भएको छ । ५ सय किलो तौलबाट विश्व किर्तीमान कायम गरेकी इमानको दुबईस्थित अबुधावीमा निधन भएको हो । केही समय पहिला उनी आफ्नो उपचार गराउनका लागि भारत पुगेकी थिइन् ।
मिश्र की ३७ वर्षीया इमान उपचारका लागि भारतको मुम्बईस्थित सैफि अस्पताल आएकी थिइन् । गत फेब्रुअरी महिनामा भारत आएकी इमानको ५ सय किलो तौललाई शल्यक्रिया पश्चात २ सय ५० किलोमा पुर्याइएको थियो । उनको मृत्यु हुनुको कारण तौल घट्नुलाई बताईदैछ ।
विशेषज्ञका अनुसार शरीरको तौल घट्नाले शरीरको विभिन्न भागमा भएको परिवर्तनले शारीरिक प्रक्रियाले सहजै समायोजन गर्न सक्दैन । उसो चिकित्सकहरुले किड्नी फेल र मुटु सम्बन्धी अन्य रोगका कारण इमानको मृत्यु भएको बताएका छन् । इमानलाई २० वटा डाक्टरहरुको टोलीले रेखदेख गरिरहेको थियो । उनलाई सानैदेखि थाइराइड पनि थियो ।.
मुम्बईका प्रसिद्ध बेरियाट्रिक सर्जन मुज्जफल लकडवालाको टोलीले इमानको उपचार गरेको थियो । डा. लकडवालाका अनुसार स्लीवे गेस्ट्रोक्टोमी र सुपरभाइज स्पेशल डाइटका कारण इमानले दुई महिनामा आफ्नो तौल कम गरेकी थिइन् । उनको उपचारका लागि अस्पतालमा विशेष कक्ष पनि बनाइएको थियो ।
जन्मेको समय इमानको तौल ६ किलोग्राम थियो । ११ वर्षको उमेरदेखि इमानको तौल अकस्मात बढ्न थाल्यो । जसका कारण उनलाई विभिन्न किसिमका रोगहरुले पनि सताउन थाले । २५ वर्षको उमेरमा उनको तौल यति बढिसकेको थियो कि उनी आफ्नो घरबाट बाहिर निस्कन पनि नसक्ने भएकी थिइन् ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>