चीनमा हिउँदको समयमा वायु प्रदूषण नियन्त्रण अभियान 

कोइलाको प्रयोग वायु प्रदूषणको मुख्य कारक



Download our app to get more features

बेईजिङ, ४ असोज (रासस÷सिन्ह्वा) : चीनको बेइजिङ, तिङजिन र हेवेईमा हिउँदको समयमा वायु प्रदूषणलाई नियन्त्रण गर्न विशेष अभियान चलाइने भएको छ । 

तियाङजिनको सहरी क्षेत्रमा धेरै प्रदूषण गराउने उद्योगहरूबाट उत्पादन बन्द गराइने भएको छ । स्टील र धातुजन्य पदार्थ बनाउने र कोइला बनाउने उद्योगहरूलाई वायु प्रदूषण नियन्त्रणका लागि बन्द गराउनु परेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । 
हिउँदको बेलामा कोइला बाल्दा ३० प्रतिशत प्रदूषण बढेको तथ्याङ्कले देखाएको तियानजिन वातावरण प्रबद्र्धन विभागका याङ योङले जानकारी दिए ।  

अधिकांश उद्योगहरूमा अत्यधिक भार रहेकाले पनि प्रदूषण बढेको उनीहरूको ठम्याई छ । हेवेई सहरमा प्रदूषण गर्ने धेरै उद्योगहरू रहेकाले यो शहर चीनको बढी वायु प्रदूषण भएका दश ओटा सहरहरु मध्ये पर्छ । 
बेइजिङ नजिकैका ग्रामीण क्षेत्रलाई विद्युतीय सामग्री र प्राकृतिक ग्यासको प्रयोग गरी कोइलाको प्रयोगलाई विस्थापित गर्न प्रान्तीय सरकारले निर्देशन दिएको छ । चीनमा कोइलाको प्रयोग वायु प्रदूषणको मुख्य कारक मानिन्छ ।  
 

Last modified on 2017-09-20 08:22:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts