सरुवारोगको जोखिम बढेको भन्दै चीनमा सेक्स डल भाडामा लगाउन बन्द



Download our app to get more features

बीबीसी,३ असोज । आलोचना बढेपछि चीनमा सेक्स डल अर्थात यौन खैलौना साथी अब भाडामा लिएर प्रयोग गर्न नपाईने भएको छ ।

खेलौना कम्पनीले सेक्स डल भाडामा दिएर पुरुषहरुलाई यौन आनन्द मेटाइदिने गरेकोप्रति धेै आलोचना भइरहेको थियो । टच नामक कम्पनीले  सोसल मिडियामा आफ्नो भनाई राख्दै आफूले राम्रैका लागि सेक्स डल उत्पादन तथा भाडामा दिने गरेको भएपनि त्यसको असर नकारात्मक पर्न गएकोको क्षमा मागेको बीबीसीले लेखेको छ । अव्यवस्थित यौन सम्पर्क र असुरक्षित यौनसम्पर्कबाट व्यक्तिलाई जोगाउन आफ्नो कम्पनीले उत्पादन गरेको सेक्स डल सहयोगी होस् भन्ने आफ्नो उद्देश्य रहेको कम्पनीको भनाई छ ।

अग्रिम बुकिङ गरेका ग्राहकहरुका लागि दोब्बर पैसा फिर्ता दिने कम्पनीले बताएको छ । अस्लिल  सेक्स डलले सामाजिक मुल्यमान्यतामै खलल पुर्याउने र सरुवा रोग सर्ने जोखिम पनि बढ्ने  भएकाले सेक्स डल भाडामा लगाउन बन्द गरिएको चिनियाँ सरकारी स्रोतलाई उद्धित गर्दै बीबीसीले जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts