विषाक्त खानाका कारण भारतमा १७० बालबालिका विरामी



Download our app to get more features

नयाँदिल्ली, ३१ भदौ । भारतको पूर्वी उडिसा राज्यका तीन ओटा विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका विरामी भएका छन् । 

झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महुसुस गरेका थिए । बिहानको खाजा खाने वित्तिकै उनीहरू विरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । 

सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडी परिएका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाहरूले अध्ययन गर्दै आइरहेका थिए । 
बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाहरूले बताएका छन्, एक जना सरकारी अधिकारीले भने । उनले थपे “विरामी भएका बालबालिकाहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।” 

स्थानीय सञ्चार माध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन् । गत चौविस घण्टाको अवधिमा विषाक्त खानाका कारण विरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् । बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउसोको खाना खाएपछि १२० जना भन्दा बढी विद्यार्थी विरामी भएका थिए । 

“उक्त विद्यालयका विरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ,” एक जना सरकारी अधिकारीले भने । 
विगत केही बर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । भोकमरी र कुपोषण न्युननिकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो । गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा विरामी भएका मध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts