वैज्ञानिकहरुले बनाए १० सेकेण्डमै 'क्यान्सर पत्ता लगाउने पेन'
बीबीसी, २३ भदौ । क्यान्सर रोग यति खतरनाक रोग हो की जस्को नाम सुन्नेबित्तिकै हामी सबै डराउने गर्दछौं ।
यहि खतरनाक रोग छिटो भन्दा छिटो पत्ता लगाउन वैज्ञानिकहरुले एउटा यस्तो चमात्कारिक पेनको आविष्कार गरेका छन् की जस्ले १० सेकेण्डमै क्यान्सरको लक्षण पत्ता लगाउँछ । अमेरीकाको टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार उनीहरुले एउटा यस्तो डिभाइस बनाएका छन् की जुन सजिलै हातमा अटाउन सक्छ र समात्न पनि सजिलो छ ।
यत्तिमात्र नभएर १० सेकेण्डमा नै क्यान्सरको टिसुको पहिचान गर्दछ । यस्को मद्दतले क्यान्सरको उपचार एकदमै छिटो र प्रभावकारी तरिकाले गर्न सकिने उनीहरुको दाबी छ । साइन्स ट्रान्सलेसन मेडिसिन पत्रिकामा प्रकाशित रिर्पोटका अनुसार सो डिभाइसको परीक्षण रिर्पोट ९६ प्रतिशत सहि भएको बताइएको छ ।
यसरी गरिन्छ परीक्षण
त्यो चमात्कारी पेनलाई क्यान्सरको शंका गरिएको ठाउँमा राखिन्छ र पेनले एक सानो पानीको थोपा निकाल्दछ । त्यसपछि जीवित कोशिकाहरुको भित्र रहेको पानी त्यहि पानीको थोपातिर जान शुरु गर्दछ र त्यसलाई उक्त चमत्कारी पेनले परीक्षणका लागी सोस्न थाल्दछ । उक्त पेनलाई स्पेट्रामीटरमा जोडिएको हुन्छ । जस्ले प्रत्येक सेकेण्डमा हजारौं रसायनहरुको द्रव्यमान मापन गर्न सक्दछ ।
यो पेनको मद्दतले एक प्रकारको रासायनिक फिङगरप्रिन्ट तयार हुन पुग्दछ जस्ले चिकित्सकहरुलाई टिसुहरुमा क्यान्सर भएको नभएको पहिचान गर्न मद्दत पुग्दछ । अहिलेसम्म चिकित्सकहरुलाई सामान्य क्यान्सर भएको टिसु पत्ता लगाउन हम्मे हम्मे परिरहेको अवस्थामा यो पेन वरदान सावित भएको बीबीसीले लेखेको छ ।