एन्टिबायोटिकको घट्दो प्रभाव रोक्ने प्रतिबद्धता
काठमाडौं, २१ भदौ । माल्दिभ्समा जारी विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली क्षेत्रीय बैठकमा एन्टिबायोटिकको घट्दो प्रभावबारे छलफल भएको छ । स्वास्थ्य सम्बन्धी जर्नल दी बीएमजीमा उल्लेख भए अनुसार विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिकको घट्दो प्रभावमा संयुक्त रुपमा काम गर्न बैठकका सहभागिले जोड दिएका थिए ।
‘यो क्षेत्र विश्वको कुल जनसंख्याको चौथाई मानिस बसोबास गर्ने क्षेत्र पनि हो ।’ बीएमजीका कार्यकारी सम्पादक डा. कमरन बब्बासीले भने ‘यसकारण पनि यो विषय क्षेत्रीय बैठकका लागि महत्वपूर्ण हो ।’ पछिल्लो समय एन्टिबायोटिकको घट्दो प्रभावले सामान्य संक्रमणविरुद्ध पनि काम नर्गदा जोखिम बढ्दो छ । क्षेत्रिय बैठकमा विश्व स्वास्थ्य संगठन सियारोको क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले एन्टिबायोटिकको घट्दो प्रभाव बारे प्रस्टाइन् । उनले भनिन् ‘प्रभाव घट्नुका विविध कारण छन् । चिकित्सकको गलत सिफारिस, एन्टिबायोटिकको अनियमित सेवन र जनचेतनाको कमी प्रमुख कारण हुन् । यसका लागि सिंगो क्षेत्रलाई आधार मानेर काम गर्नुपर्छ ।’
बैठकमा थाइल्याण्ड, इन्डोनेसिया र भारतमा एन्टिबायोटिकको घट्दो प्रभावविरुद्ध चालिएको राष्ट्रिय अभियान बारे छलफल भएको थियो । एन्टिबायोटिकको प्रभाव बढाउन आधुनिक प्रविधी र योजनाको आवश्यकतामाथि सहभागिहरूले जोड दिएका थिए । उक्त बैठकका सहभागिले एन्टिबायोटिकको घट्दो प्रभाव रोक्न सरकारी तहबाटै नीति र लगानी आवश्यक रहेको र त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाएका थिए ।
एजेन्सीको सहयोगमा
शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।