डा. मशहुर गुलाटीलाई डेंगु



Download our app to get more features

भारत, १७ भदौ । भारतीय चर्चित हास्य कलाकार सुनिल ग्रोबर अर्थात डा. मशहुर गुलाटी अस्पताल भर्ना भएका छन् ।

कपिल शर्माको हास्य टेलिभिजन सो बाट आफूलाई स्थापित गराएका सुनीललाई डेंगु भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

गुत्थी, मशहूर गुलाटी र रिंकु भावीको भुमिकामा निकै नै चर्चित बनेका सुनिललाई पछिल्लो केही समयदेखि लगातार ज्वरो आउने, टाउको दुख्ने समस्याले सताएपछि मुम्बईको एशियन हार्ट इन्स्टीच्यूटमा भर्ना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय कपिल शर्माको सो छोडिसकेपछि सुनिल लाइभ इमेन्ट्स, अवार्ड सो र टेलिभिजनहरुमा विषेश अतिथिका रुपमा आफूलाई व्यस्त  गराउँदै आएका छन् । 
 

Last modified on 2017-09-02 11:26:49

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts