महिनावारीको टाटोले कसरी लियो बालिकाको ज्यान ?



Download our app to get more features

बीबीसी, १६ भदौ । भारतको तामिलनाडुमा  एक १२ वर्षिय बालिकाले महिनावारीकै कारण  आत्महत्या गर्नुपरेको छ ।  

उनका बाबुआमाले बालिकाले आत्महत्या गर्नुमा विद्यालयका शिक्षकलाई दोषी ठहराएका छन् । गत मंगलबार विद्यालयमा महिनावारी भएर लुगामा रगत लागेपछि उनलाई शिक्षकले हकार्नुका साथै सावृजनिक बेइज्यत गरेका  थिए । त्यसपछि उनले घरमा गएर अर्कोदिन बिहानै नजिकैको एक भवनबाट हाम फालेकी थिइन् र उनलाई तत्काल अस्पताल लगिएपनि डक्टरहरले उनलाई मृत घोषणा गरेका थिए । 

ती बालिका जोसेफ म्याट्रिकुलेशन विद्यालयमा ७ कक्षामा अध्ययनरत थिइन । उनका पिता सयद अहमद अटोरिक्सा चालक रहेको बीबीसीले जनाएको छ । 

ती बालिकालले आफ्नो सुसाइट नोटमा लेखेकी छिन् ‘मलाई किन मेरा शिक्षकले यसरी प्रताडित गर्नुहुन्छ । के उहाँले आफ्नी छोरीलाई पनि यसैगरी बेइज्यत गर्नुहुन्थ्यो ? म यस्तो प्रकारको यातना सहन सकिन र अरु विकल्प नदेखेर मरे ।’ बीबीसीका अनुसार ती शिक्षकले धेरै समयदेखी विभिन्न बहानामा यातना दिदै आएका थिए । 

ती बालिका जब विद्यालयमै महिनावारी भइन उनले यो सूचना आफ्नो शिक्षकलाई दिइन बिदाका लागि । तर शिक्षकले उनलाई लगाएको लुगा माथी उठाउन भने र डस्टर दिदै त्यो प्याडको रुपमा प्रयोग गर्न व्याग्यात्मक रुपमा भने ।  उनले ती बालिकाको बेइज्यत गर्दै कक्षा बाहिर लामो समयसम्म उभ्याएको पनि बताइएको छ । यहि कारण उनले आत्महत्या गरेको बताइएको छ । 

Last modified on 2017-09-01 14:23:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts