अप्रेशन थियटर भित्रै डाक्टरहरुको मारामार, हेर्नुहोस् सनसनीपूर्ण भिडियो 



Download our app to get more features

एजेन्सी । पछिल्लो समय नेपालमा चिकित्सकले उपचारमा लापर्वाही गरेको भन्दै बिरामीले अस्पतालमा आन्दोलन गर्ने र सके क्षतिपूर्ति लिने नसके सम्झौता गर्ने क्रम बढेको छ । तर, भारतमा भने चिकित्सक र बिरामीबीच होइन चिकित्सक चिकित्सकबीच नै भएको झगडा भएको सनसनीपूर्ण समाचार बाहिरिएको छ । 

मंगलबार राति भारतको जोधपुरमा रहेको उमैद अस्पतालको अप्रेशन थिएटर भित्र दुईजना शल्यचिकित्सकबीच भनाभन भएको भिडियो भारतीय सञ्चारमाध्यमहरुले बाहिर ल्याएका छन् ।  चिकित्सकहरुबीच झगडा हुँदा नवजात शिशुको मृत्यु नै भएको समाचारहरुमा दाबी गरिएको छ । 

अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अशोक ननिभाल र एनेस्थेसीया विभागका चिकित्सक डा. मथुरालाल ताकबीच असभ्य भाषामा भनाभन गरिरहेको भिडियो सार्वजनिक भएको हो । गम्भिर अवस्थामा रहेकी गर्भवति महिलाको शल्यक्रियामा गर्ने दुई चिकित्सकबीच भनाभन भएको हो । उक्त घटनालाई अस्पताल प्रशासनले पनि स्विकारेको बताइएको छ । 

घटना सार्वजनिक भएसँगै राज्य सरकार तथा राजस्थानको उच्च अदालतले जोधपुरको स्थानीय प्रशासनलाई अनुसन्धान गरि कारवाही गर्न आदेश दिएको छ ।बिरामीको उपचारका क्रममा असभ्य विवाद गरेको भन्दै त्यहाँको चिकित्सा शिक्षा विभागले सहायक प्राध्यापक डा. ननिभाललाई मेडिकल अफिसरमा  घटुवा गरिदिएको छ । डा. ताकको विषयमा भने अनुसन्धान भैरहेको बताइएको छ । उनीहरु दुवैलाई अस्पतालले निलम्बन पनि गरेको छ । 

भिडियो हेर्नुहोस्

 

Last modified on 2017-08-31 07:32:58

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts