करण जोहर बने सरोगेसी मार्फत जुम्ल्याहा बच्चाका पिता
बीबीसी, १४ भदौ । भारतीय चर्चित फिल्म निर्देशक तथा निर्माता करन जोहर आफ्ना सरोगेसी जुम्ल्याहा बच्चाको पिता भएको समाचार यतिबेला सोसल मिडियामा भाइरल भइरहेको छ ।
अविवाहित करनले सोसल मिडिया इन्स्टाग्राममा आफ्ना दुई जुम्ल्याहा बच्चाको फोटो पोष्ट गर्दै ‘यी मेरा दुई दुनियाँ’ लेखेपछि उनी सरोगेसी पिता बनेको प्रमाणित भएको बीबीसीले लेखेको छ । अहिलेसम्म ६४ हजारले उक्त फोटोमा लाइक गरिसकेका छन् । पछिल्ला केही वर्षयता करन फरक यौनिक क्षमताका मानिसका रुपमा पनि चर्चामा आउने गरेका छन् ।
उनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘अन सुइटेबल ब्वाई’ मा पनि आफू 'गे' अर्थात समलिङगी पुरुष भएको केही छनक दिएका छन् र उनले आफू सरोगेसी पिता बन्न चाहेको पनि सो पुस्तकमा उल्लेख गरेका छन् । यसअघि बलिउडका चर्चित अभिनेता शाहरुख खान तथा तुषार कपूर पनि सरोगेसीको माध्यमबाट पिता भइसकेका छन् । समलिङगी पुरुषको पनि अरु पुरुषको जत्तिकै मात्रामा विर्य उत्पादन हुने र बाबु बन्न सक्ने चिकित्सकहरु बताउँछन् ।
कसरी हुन्छ सरोगेसीबाट बच्चा ?
यसका लागि एकपटक आमा भइसकेका र फेरी आमा बन्न कुनै समस्या नरहेका महिलाको डिम्बको प्रयोग गरिन्छ । इन्जेक्सनको माध्यमबाट उक्त अण्डा बाहिर निकालिन्छ । त्यसपछि विर्य तथा डिम्बको मिलान गरिदिएर बेबी अर्थात ‘एम्बियोज’ बनाइन्छ । यसपछि कुनै एक महिलालाई शारीरिक तथा मानसिक रुपले तयार पारिन्छ की जस्ले उक्त एम्बियोजलाई आफ्नो गर्भमा धारण गरोस् । यसको लागी कुनै पनि शल्यक्रिया गर्नुपर्दैन । यसको १५ दिनपछि गर्भ बसे वा नबसेको थाहा हुन्छ । यसमा सरोगेट तथा डोनर दुवैबीच गोपनियता सम्बन्धि सम्झौता गर्ने गरिन्छ । कतिपय देशले यसलाई कानुनी मान्यता दिएपनि धेरैे देशमा यो कार्य गैरकानुनी मानिन्छ ।