भारतको बीआरडी अस्पतालमा फेरी ४२ बालबालिकाको मृत्यु
बीबीसी, १४ भदौं । भारतको गोरखपुस्थित बीआरडी मेडिकल कलेजमा बितेका दुई दिनमा ४२ जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
बीआरडी मेडिकल कलेजका प्राडा पीके सिंहका अनुसार यति धेरै सङख्यामा बालबालिकामो मृत्यु हुनु दुखत भएपनि यो मौषममा यो असामान्य भने होईन ।
मृतकको संख्याका बारेमा जानकारी दिदै उनले बताए ‘बितेका ४८ घण्टामा ४२ बच्चाको मृत्यु भएको छ र त्यसमध्ये सात बच्चाको मृत्यु इन्सेफ्लाइटिस अर्थात दिमागी ज्वरोका कारण भएको हो’ ।
डाक्टर पीका सिंहका अनुसार जति पनि बालबालिकाको मृत्यु भएको छ ती सबै अन्तिम र गम्भिर अवस्थामा अस्पताल भर्ना गर्न ल्याइएको थियो ।सञ्चारमाध्यमसंग कुराकानी गर्दै उनले भने ‘अस्पतालमा औषधि तथा अक्सिजनको कुनै कमीब छैन् तर बिरामीलाई अस्पताल ल्याउनमै निकै अबेर भएका कारण यति धेरै संख्यामा मृत्यु भएको हो’ । उनका अनुसार सो अस्पतालमा अझै ३४२ जना बालबालिका उपचार गराईरहेका छन् ।
गत अगस्त १० मा पनि यहि अस्पतालमा ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको समाचार सेलाउन नपाउँदै पुनः यो समाचार बाहिर आएको हो । त्यतिबेला धेरे संख्यामा बच्चाहरुको मृत्यु हुनुमा अस्पतालमा पर्याप्त अक्सिजन नहुनुलाई दोषी ठहराईएको थियो । घटनाको मुख्य दोषी मानिएका सो मेडिकल कलेजका तत्कालिन प्राडा राजीव मिश्र तथा उनकी पत्नी डा. पूर्णिमालाई हिजो मात्र प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ ।