चिनियाँ सेनाले जारी गर्यो स्वास्थ्य सम्बन्धी १० टिप्स



Download our app to get more features

बीबीसी । चीनको सेनाले नयाँ जवान भर्तीका लागि स्वास्थ्य सम्बन्धी १० टिप्सहरु जारी गरेको छ । जसको सहयोगले चीनीयाँ सेनामा भर्ती हुन इच्छा राख्नेहरुका लागि शारीरिक परिक्षा पास गर्न सजिलो हुने बताइएको छ । त्यहाँको सेनाले जारी गरेको टिप्सलाई लिएर चीनको सोसलमिडियामा खुबै मजाक उडाइरहेको बीबीसीले लेखेको छ । 

चीनीयाँ सेनाले जारीका १० टिप्स यस्ता छन् :

१. भर्ती हुन आएका युवामध्ये करीब २५ प्रतिशत उमेद्वार ब्लड तथा युरिन टेस्टमा फेल भएको भन्दै अबको नयाँ पिढींलाई यदी सेनामा जागिर खान मन छ भने गाजउठ्ने पेय पदार्थ तथा रक्सि सेवन नर्गन भनिएको छ । 

२. ४६ प्रतिशत युवा आँखामा देखिने समस्याका कारण भर्ती नभई फालिुनपरेको अवस्था रहेको भन्दै चीनीयाँ सेनाले कुनै पनि स्क्रिन जस्तैः मोबाईल, कम्यूटर जस्ता चीज कम हेर्न टिप्स दिएको छ । 

३. यस्तै भर्ती हुन आएका मध्ये २० प्रतिशत युवा ओभर वेटका कारण भर्ती हुन नसकेको बताउँदै एक्सरसाइज पर्याप्त गर्न सुझाइएको छ । 

४. टिप्स नम्बर ४ मा भने चीनीयाँ सेनाले कम्प्युटर गेम तथा हस्तमैथुनबाट टाढै रहन भनेको छ । करीब ८ प्रतिशत युवा धेरैबसिरहने अल्छि र हस्तमैथुनको लतका कारण भर्तीहुनबाट वञ्चित रहेको बताईएको छ । 

५. मस्त सुत्ने बानी बसाल्न पनि चीनीयाँ सेनाले टिप्स दिएको छ । १३ प्रतिशत युवा उच्चरत्तचापका कारण सेनामा भर्ती हुन नपाएको स्मरण गराउँदै यो टिप्स दिइएको छ । 

६. सफा र शुद्ध पानी पिउन भनिएको छ । करीब ७ प्रतिशत उमेद्वार कान, नाक, तथा घाँटीको समस्याका कारण मैदानबाट बाहिरिन परेको तथ्य प्रकाश पार्दै चीनीयाँ सेनाले यसको मूल कारण अशुद्ध पानी भएको औल्याएको छ । 

८. कसैमा आनुवांशिक समस्या छ भने बेलैमा उचित उपचार गरेरमात्र सेनाको उमेद्वारमा भाग लिन टिप्स दिइएको छ । करीब ३ प्रतिशत  उमेद्वार धेरै पसिना आउने समस्या तथा खुट्टामा समस्या भएका कारण भर्ती हुनबाट वञ्चित हुनु परेको छ । 

९. मानसिक स्वास्थ्य समस्याको बेलैमा उपचार गराउन पनि टिप्समा भनिएको छ । साढे १ प्रतिशत उमेद्वार भर्ती हुन आएपनि डिप्रेसनका कारण मैदानबाट फिर्ता जानुपरेको उल्लेख गरिएको छ । 

१०. सरसफाईमा विशेष ध्यान दिन पनि  सेनाको टिप्स  नम्बर १० मा सुझाव दिइएको छ । भर्ती प्रक्रियामा करीब ३.४ प्रतिशत युवाहरु विभिन्न संक्रमणका कारण बाहिर निस्किनुपरेको बताईएको छ । यो समस्या खासगरी पश्चिमी चीनका फोहोरी तथा गरीब जीवन बिताइरहेका युवामा देखिने गरेको बीबीसीले बताएको छ ।  

Last modified on 2017-08-27 11:12:24

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts