हवाई कारबाहीमा राक्का अस्पताल ध्वस्त

कारबाहीको क्रमका ३४ सैनिकाको मृत्यु 



Download our app to get more features

दमासकस, १० भदौं । सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिका आवद्ध हवाई कारबाहीमा एक अस्पतालको केही भाग ध्वस्त भएका छन् । 

अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको बताइएको छ । त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी सेनाको मृत्यु मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ । 

राक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्र पुनःजिहादीले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको थियो । राक्का प्रान्तमा आइएस लडाकूलक्षित उक्त हवाई आक्रमणमा सिरियन डेमोक्र्याटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको संयुक्त गठबन्धनले सहभागीता रहेको छ । 

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादी विरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राक्का सहरको ६० प्रतिशत कब्जामा लिइसकेका थिए । सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो । सोही आन्दोलन कारक हँुदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ । 

त्यसैगरी यस आन्दोलनमा लाखाँै घाइते भएका छन् भने, लाखौँले देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । रासस÷एएफपी 
 

Last modified on 2017-08-26 17:54:53

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts