यौनकर्मीहरु तथा समलिङ्गी पुरुषले पनि गर्न सक्छन् रक्तदान !
बीबीसी, ९ साउन । इग्ल्याण्ड तथा स्कटल्णडमा समलिङ्गी पुरुष तथा यौनकर्मीहरुले पनि रक्तदान गर्न सक्ने नियम ल्याइएको छ ।
त्यसको लागि उनहिरुको रगत शुद्ध भएको प्रमाणित हुनुपर्दछ । पुरुषसँग शारीरिक सम्बन्ध राख्ने कुनै पनि समलिङ्गी पुरुषले कम्तिमा पनि एक वर्ष यौन क्रियाकलाप नगरेको हुनुपर्नेमा यो नियमलाई खुकुलो पार्दै बितेको तीन महिनासमम यौनजन्य कुनै क्रियाकलाप नगरेकाले रक्तदानल गर्न सक्ने गरी नियम संशोधन गरिएको छ । यसैगरी पेशेवर यौनकर्मीरुले पनि पछिल्लो यौनसम्पर्क गरेको तीनमहिनापछि रक्तदान गर्न सक्नेछन् । पहिला यौनकर्मीहरुलाई जीवनभर रक्तदान गर्न बन्देज लगाइएको थियो ।
बीबीसीका अनुसार यो नयाँ नियमलाई एडवाइजरी कमिटीले पनि स्विकार गर्दै भनेको छ कि,‘यस्ले रक्तदातालाई रक्तदान गर्न सहयोग पुग्नेछ ।’ ब्रिटेनमा विभिन्न रोगको परीक्षणपछि मात्र रगत बिरामीलाई चढाईने गरीन्छ । हेपटाइटिस बी तथा सी, एचआइभी लगायत अन्य धेरै भाइरसको परीक्षणपछी मात्र रगत बिरामीलाई दिने गरिन्छ । वैज्ञानिकहरुका अनुसार कुनै पनि भाइरसको इन्फेक्सनलाई फैलनका लागि तथा असर देखिनका लागि तीन महिनाको समय पर्याप्त रहने गर्दछ । तीन महिनाको समयमा कुनै पनि रोग भएमा रगत परीक्षणबाट सजिलै पत्ता लगाउन सकिन्छ । एडभाइजरी कमिटीका प्रोफेसर जेम्सक न्यूबर्गरले बताएका छन् की अब भाइरस पत्ता लगाउने तरिकामा धेरै परिवर्तन आएको छ जस्का कारण हामी सजिलै भाइरस पत्ता लगाउन सक्छौं ।
रक्तदानका लागि बनाइएको नयाँ नियम यहि नोभेम्बरबाट स्कटल्याण्ड तथा २०१८ को शुरुवाती महिनाबाट इग्ल्याण्डमा लागु हुदैछ । यस्तै ब्रिटिस सरकारले अकुंपन्चर, ट्याटु तथा इण्डोस्कोपी गरिसकेका मानिसरुका लागि पनि नियममा हेरफेर गरेर रक्तदानमा सजिलो बनाइदिन लागेको समाचारमा जनाइएको छ । रक्तदानको नियममा गरिएको हेरफेरको एक्जीयुटिभ डेब्रा गोल्डले स्वागत गरेको छ ।