गितार बजाएर युवकले गराए मश्तिष्कको शल्यक्रिया !
भारत, ७ साउन । भारतमा एक अचम्मको शल्यक्रिया गरिएको छ । सामान्य अवस्था भन्दा जब बिरामीको शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यो बेला बिरामीलाई बेहोस बनाउन एनसथीसियाको प्रयोग गर्ने गरिन्छ । तर, मस्तिष्कको शल्यक्रिया गर्नका लागि भारतमा अचम्मको घटना भएको छ । भारत बैंगरलोरका ३२ वर्षीय एक युवकको मस्तिष्कको शल्यक्रिया गितार बजाएर गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । न्यूरोलोजिकल डिस्अर्डरले पीडित उक्त युवकको शल्यक्रिया गर्न अपरेशन थिएटरमा लगियो त्योबेला उसलाई बेहोस बनाउनुका साटो उसले गितार बजाइ राख्यो र चिकित्सकले उनको शल्यक्रिया गरे । गत साता बैंगलोरस्थित सिटी हस्पिटलमा ७ घन्टा लामो शल्यक्रिया पश्चात उक्त युवक अहिले सामान्य अवस्थामा रहेको चिकित्सकहरुले बताएका छन् ।
उक्त युवक करीब साढे एक वर्षदेखि न्यूरोलोजिकल डिस्अर्डरले ग्रसित थिए र उनले यो कुरा तब थाहा पाए जब उनी एक दिन गितार बजाउँदै थिए र उनको औँलामा असह्य पिडा भयो । दिमागको मांसपेशिमा समस्याका कारण युवकलाई अनेक किसिमको परिस्थितीको सामना गर्नु पर्यो । अपरेशनको क्रममा चिकित्सकले जुन समय उनको दिमाग बाहेकका मासपेशिहरु जलाउँदै थिए त्यो समय उनी लगातार गितार बजाउँदै रहे, ताकि समस्या भएको भागको छिट्टै पत्ता लागोस । उनको त्यो कामले चिकित्सकहरुलाई समस्या भएको मांसपेशि पनि पत्ता लगाउन सजिलो भयो । ब्रिटिश कोलम्बिया यूनिभर्सिटीका सीनियर न्यूरोलोजिस्ट डा. संजीव सीसीका अनुसार उक्त युवकलाई समस्या त्यो समय हुन्थ्यो जब उनी गितार बजाउँथे । त्यस अवस्थामा हाम्रो लागि समस्या र त्यो मांसपेशीको बारेमा पत्ता लगाउनु अति आवश्यक थियो ।
जैन इन्स्टिच्यूट अफ मूभमेन्ट डिस्अर्डर ऐन्ड स्टीरियोटैक्टिक न्यूरोसर्जन डा.शरन श्रीनिवासनका अनुसार यो यस्तो शल्यक्रिया हो जसमा दिमागमा भएको समस्यायुक्त मासपेशिलाई जलाएर नष्ट गरिन्छ । शल्यक्रिया भन्दा पहिले युवकको दिमागमा चार विषेश प्रकारको फ्रेम राखियो । त्यसपछि युवकको एमआरआइ गराएर खिचिएको तस्वीरमा निश्चित भागलाई तय गरियो । कोडिनेट्सका अनुसार अपरेशनको बेला युवकको टाउकोमा १४ एमएमको प्वाल पारियो, जसबाट विशेष प्रकारको इलेक्ट्रोड छिराइयो र त्यसपछि शल्यक्रिया सुरु गरियो ।
(भारतीय समाचार एजेन्सी)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>