रातको समयमा झ्याप्प ब्युझिनुहुन्छ ? यसमा तपाईंका पुर्खा दोषी हुनसक्छन् ! 



Download our app to get more features

बीबीसी । कुनैपनि व्यक्ति रातको समयमा कति पटक्क झ्याप्प ब्युझिन्छ भन्ने कुरा उसको पूर्खाहरुमा भर पर्ने एक शोधले देखाएको छ ।

क्यानडाको टोरेन्टो विश्वविद्यालय तथा अमेरीकाको नेवाडा विश्वविद्यालयका शोधकर्ताले मिलेर गरेको अध्ययनमा यस्तो देखिएको बीबीसीले लेखेको छ । शोधकर्ताहरुका अनुसार सदियौं पहिला हाम्रा पूर्वजहरु पालैपालो सुत्ने र पालैपालो जनावरको आक्रमणबाट बच्नका लागि सुरक्षार्थ जागा बस्ने गर्दथे यहि आदत पूर्खाबाट हामीमा सरेको हो । 

ताञ्जनियामा शिकार खेल्ने जनजातिमाथि शोध :
यो शोध ताञ्जनियामा शिकार गर्दै बस्ने जनजातिमा गरिएको समाचारमा जनाइएको छ । शोधका क्रममा उनीहरुले निन्द्राका बेला देख्ने सपनाका बारेमा समेत अध्ययन गरिएको थियो । शोधका लागि ‘हजदा’ जनजातिका मानिसहरुलाई २० देखी ३० समूहमा विभाजन गरिएको थियो । शोधकर्ताको समूह नेतृत्वकर्ता डेविड सैमसनले भनेका छन् – २०० सय घण्टाको विश्लेषणमा यो पत्ता लागेको छ की जागा बस्ने मानिसमात्र १८ मिनेट सुते । उनी अगाडी भन्छन्–औषतमा ८ युवा रातको अलग अलग पहरमा झट्ट ब्यँुझिने गरेको भेटियो । यी युवा आवादीको ४० प्रतिशत हुन् । उनीहरुको सुत्ने तरिका एकदमै अचम्म लाग्दो रहेको छ । विभिन्न अनुसन्धानले यसअघि नै बताइसकेका छन् की ४० देखी ७० प्रतिशत हाम्रा बानी बंशाणुगत हुने गर्दछन् । यो मध्ये रातको समयमा पटक पटक ब्युझिने बानी पनि हामीमा पूर्खाबाटै सरेर आएको हो । बाँकी वातावरण तथा उमेरबाट प्रभावित हुने गर्दछन् । सैमसन अगाडी थप्छन् –जब तपाईं युवा हुनुहन्छ रातमा धेरै ब्युझिनुहुन्छ ।

शोधमा दिनको समयमा पुरुषहरुलाई महिलाहरुबाट टाढा राखिएको थियो । पुरुषहरु फल खोज्न तथा जनावरहरुको शिकार गर्न जंगलमा जान्थे । रातको समयमा सबै परिवार साथै मिलेर जङगल अगाडीको झुपडीमा सुत्ने गर्दथे । यी जनजातिको जिन्दगीमा अहिले पनि खासै परिवर्तन नआएको शोधकर्ताहरुको भनाइ छ । यीनीहरु आजपनि आफ्ना पूर्खाहरु जस्तै जंङगलको माहोलमा उसैगरी बसिरहेका छन् । यहि कारणले पनि शोधमा ताञ्जनियाका जनजातिको समूहलाई रोजेको शोधकर्ताहरुले बताएका छन् । 

Last modified on 2017-07-20 17:15:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts