जाम्बियाका पूर्वराष्ट्रपति काउन्डा अस्पताल भर्ना
लुसाका, ५ साउन । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा अस्पताल भर्ना भएका छन् ।
जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति काउन्डालाई सामान्य स्वास्थ्य समस्या देखिएपछि युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना गरिएको बताए ।
उनले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको पनि बताए । चिकित्सकहरूले उनको उपचारपछि आजन डिस्चार्ज गर्नसक्ने अनुमान गरिएको जाम्बियाको सरकारी प्रसारण संस्थाले जनाएको छ ।
उपराष्ट्रपति इनोन्गे विनाले पूर्वराष्ट्रपति काउन्डालाई बुधबार बिहान अस्पतालमै गएर भेटेको जनाइएको छ ।
काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बनेका थिए ।
रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>