जिम्वाब्वेका राष्ट्रपति नियमित स्वास्थ्य परिक्षणका लागि सिङ्गापुरमा



Download our app to get more features

हरारे (जिम्वाब्वे), २६ असार । जिम्वाब्वेका राष्ट्रपति रोवर्ट मुगावे नियमित स्वस्थ्य परीक्षणका लागि सिङ्गापुर गएका छन् । 

त्रियानब्वे बर्षीय मुगावेले सन् २०११ र सन् २०१४ मा गरी दुई पटक आँखाको शल्यक्रिया गराएका छन्   

उनी यसैहप्ताको मध्यतिर स्वदेश फर्किने अनुमान गरिएको छ । 

बयोबृद्ध नेताको उपचारार्थ गत बर्ष भएको एक भ्रमणका क्रममा उनी सही अवस्थामा नरहेको भन्ने खबर प्रकाशन गरेको भनी दुई सञ्चारकर्मीलाई सुरक्षा नियन्त्रणमा लिइएको थियो । सरकारले उनी सकुशल रहेको भनी समाचारको खण्डन गर्नुपरेको थियो । 

मुगावे बुढ्यौलीका कारण हिडडुल गर्न कठिनाई हुने गरेको र औपचारिक छलफलहरूमा पनि झकाउने समस्या पछिल्लो समयमा देखिने गरेको भएपनि अन्य समस्या भने नरहेको राष्ट्रपतिको कार्यालयले बताउदै आएको छ । मुगावेको उमेरका कारण नेतृत्व हस्तान्तरण गर्न भनी आउने गरेका सुझावलाई उनले स्वीकार नगर्दा उनको जेडएएनयु–पिएफ पार्टीमा फुट आएको छ । 

 

रासस 
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts