म्यानमारमा डेंगुको प्रकोप बढ्यो, १६ जनाको मृत्यु
याङगोन (म्यानमार), २४ असार । म्यानमारमा डेंगुको प्रकोप फैलिएपछि १६ जनाको मृत्यु भएको छ ।
उक्त प्रकोपबाट म्यानमारमा एक हजार १ सय १४ जना प्रभावित भएको जनाइएको छ ।
म्यानमारको रेखिन राज्यमा फैलिएको डेंगुका कारण गत जुलाई ५ देखि यता १६ जनाको मृत्यु भएको म्यानमारको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
डेंगुको प्रकोप रेखिन राज्यको मिनवाई, किउक्टाव, टाउङगप र सिट्वे लगायतका ठाउ र ग्रामीण क्षेत्रमा बढी देखिने गरेको रेखिन राज्यका स्वास्थ्य विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रभावित क्षेत्र र विद्यालयहरुमा डेंगु विरुद्धको सचेतना जगाउन र केही कदमहरु चाल्नका लागि अधिकारीहरुले छलफल चलाएका छन् ।
प्राय जुन र जुलाई महिनामा यस्ता प्रकोपहरु बढी फैलिने गरेको छ । यो बेला लामखुट्टे बढी हुने बेला भएकाले यस्ता रोगहरुको प्रकोप जुन र जुलाइमा बढी हुने गरेको उनीहरुको भनाई छ ।
टाउको दुख्ने, उच्च ज्वरो आउने, जोर्नी र मासुमा दुखाइ हुने, बान्ता हुने लगायतका लक्षण डेंगुको जिवाणुका कारण देखिने चिकित्सकहरु बताउछन् ।
यसबर्ष मात्र म्यानमारमा देशभरमा झण्डै तीन हजार ३०४ जनामा डेंगुको जिवाणु फैलिएको पाइएको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>