यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या पन्ध्र सय पुग्योः डब्लुएचओ



Download our app to get more features

साना (यमन), १८ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुने सर्वसाधारणको सङ्ख्या एक हजार ५०० पुगेको बताएकोे छ । 

डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ । यमनस्थित डब्लुएचओ प्रतिनिधि डा नेभिओ जागरियाले सानामा शनिबार एक पत्रकार सम्मेलन गरी भने, यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश गुनाले बढेको बताए । 

दुई हप्ता पहिले डब्लुएचओले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त प्रकोपका कारण एक हजार ३०० जनाको मृत्यु भएको र करिब दुई लाख शङ्कास्पद बिरामी देखापरेको बताइएको थियो । साउदी अरब नेतृत्वको दुई वर्ष लामो यमनी हुथी समूहविरुद्धको अभियानमा व्यापक भौतिक संरचनाको क्षति भएको र औषधिलगायतका आधारभूत सामग्रीको अभाव भएको कारण बिरामीको समयमा उपचार हुन सकेको छैन । रासस÷एपी 

Last modified on 2017-07-02 08:34:46

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts