यमनमा हैजाको महामारीः तीन लाख बिरामी, १२ सयभन्दा बढीको मृत्यु



Download our app to get more features

जेनेभा, ९ असार । यमनमा देखिएको हैजाको प्रकोप भयानक बन्दै गएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । 

प्राप्त समाचारअनुसार यसै बर्षको सुरुदेखि हालसम्म फैलिएको हैजाको प्रकोपबाट यमनमा कम्तीमा पनि एक हजार २ सय को ज्यान गएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीकाअनुसार सो प्रकोपबाट यस बर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीन लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । हैजाको प्रकोपबाट भएको सो सङ्क्रमण यसबर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीनलाख पुग्ने र यसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएमा यसको प्रकोप निकै नै भयानक बन्दै जाने उनीहरुले बताएका छन् । 

यमनमा केही वर्षयतादेखि विद्रोह जारी रहेको छ । सो विद्रोहका कारण नागरिकका आधारभूत आवश्यकतामा पनि असर परिरहेको छ । न्युनतम मानवीय सहायता पनि पाउन नसक्दा त्यहाँका बालबालिकाका साथै विभिन्न व्यक्ति हैजाको सङ्क्रमणबाट प्रभावित भएका छन् । रासस÷एएफपी 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts