भारतीय सरकारले गर्भवतिलाई जारी गरेको एड्भाइजरीको व्यापक आलोचना
काठमाडौं, ९ असार । भारतको सरकारले गर्भवती महिलाहरुका लागि हालै जारी गरेको एड्भाइजारी प्रति स्वयं चिकित्सकहरुबाटै टिका टिप्पणी हुन थालेको छ ।
त्यहाँको सरकारले योग दिवसको अघिल्लो दिन अर्थात असार ६ गते जारी गरेको एड्भाइजरीमा यसो भनिएको छ –गर्भवती महिलाहरुले गर्भावास्थाभरी व्यायाम नगरौं, अण्डा नखाउ, शारीरिक सम्पर्क नगरौं तथा आफ्नो कम्मरमा राम्रो सुन्दर बच्चाको फोटो झुण्डाउ । यसलाई लिएर भारतमा सरकारको आलोचना भइरहेको छ । यसमध्ये केही कुरा सहि र राम्रा भएपनि कति कुरा वाइया तर नचाहिने भएको टिप्पणी हुन थालेको छ ।
भारतको परम्परागत तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्ने मन्त्रालय आयुष मन्त्रालयले गएको हप्ता १६ पृष्ठ लामो बुकलेट जारी गरेको छ । सो बुकलेटमा आमा तथा बच्चाको बारेमा उल्लेख गरिएको छ । तीनवर्ष पुरानो भएपनि यसपालिको योग दिवसको अघिल्लो दिन सो बुकलेट जारी गरिएको बिबिसी हिन्दीले लेखेको छ । उक्त बुकलेटमा महिलाहरुको लागि सल्लाह दिदै भनिएको छ –गर्भावस्थाका बेला कुन योग गर्नु उपयुक्त हुन्छ अथवा हुदैन्, कस्तो खाना खानुपर्छ वा कस्तो खाना खानु हुदैंन, के –के पढ्न हुन्छ, साथमा कस्ता खालका तस्बिर गर्भवती महिलाहरुले हेर्नु उपयुक्त हुन्छ लगायतका टिप्स समावेश गरिएका छन् । तिनै टिप्सको विषयलाई लिएर भारतमा चिकित्सकहरुले टिप्पणी गरेका हुन् ।
उनीहरुले भनेका छन् सरकारले दिएको एड्भाइजरी केही हदसम्म जायज खालका भएपनि धेरै हदसम्म वाइयात छन् । उदाहरणका लागि खानपानमा दिइएको सल्लाहमा स्तनपान गराउने तथा गर्भवती महिलाहरुले अंकुरीत अन्न, मसुरोको दाल, फलफूल, पातभएका साग(जस्तोकी पालक), ड्राई फुरुट्स्, जुस,तथा अन्नदार खाना खान सहल्लाह दिइएको छ डक्टरहरुले भनेका छन् यी सल्लाह एकदमै राम्रा छन् । तर अण्डा तथा मासु खान नहुने सल्लाहदिनु सरासर गलत तथा राजनीतिक दुष्प्रेरणाबाट आएको चिकित्सकहरुको भनाई छ । भारतीय जनतापाटीको सिद्धान्तसँग मेल खाने स्वास्थ्य एड्भाइजरी जारी गरिएको उनीहरुको दाबी छ । भाजपा हिन्दुवादी पार्टीले शाहाकारी भोजनमा जोड दिन्छ र उसैलाई प्रवद्र्धन गर्नको लागि गर्भवति महिलाले अण्डा तथा मासु खान नहुने भनिएको आलोचकहरुको दाबी छ । आलोचकहरुले गर्भावस्थामा आइरन तथा अन्य पोषकतत्व पूरा गर्न पनि अण्डा तथा मासु खानैपर्नेमा नखान सुझाइएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
चिकित्सकहरुले त यो सम्म खण्डन गरेका छन् की, गर्भावस्थाका बेला शारीरिक सम्पर्क गर्न नहुने कुनै अध्ययनले दोखाएको छैन् यदि महिलाले चाहेमा सम्पर्क राख्न सकिन्छ । आयुष मन्त्रालयले जारी गरेको सो एड्भाइजारी अर्को स्वास्थ्य विभागँंग समेत धेरै बाझिएको चिकित्सकहरुको दाबी छ । उनीहरुले यस्ता अनावश्यक एड्भाइजरी जारी गरेर गर्भवति महिलाहरुलाई अलमल्लमा नपार्न सरकारसँग जोडदार माग गरेका छन् ।
(बिबिसी हिन्दीबाट )