गैरकानुनी औषधि बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ
भियना (अष्ट्रिया), ९असार । कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर्ने खालका औषधिको पनि कारोबार मौलाएको छ ।
संयुक्त राष्ट्रसङ्घ अपराध तथा लागु औषध मामिला हेर्ने निकायले बिहीवार बार्षिक अध्ययन प्रतिबेदन जारी गर्दै सो कुरा जनाएको हो । ‘प्रतिवेदनमा देखाइए अनुसार लागु औषधको सेवनबाट निम्तिने स्वास्थ्य, विकास, शान्ति र सुरक्षा सम्वन्धि समस्यासँग जुध्न विश्वका सवै क्षेत्रमा धेरै काम गर्नुपर्ने देखिएको’ यूएनओडिसीका प्रमुख युरी फेडाटोभले बताए ।
विश्वभर करिब दुई करोड ९५ लाख वा वयस्क जनसङ्ख्याको ०.६ प्रतिशत हिस्सा लागु औषध प्रयोगको अव्यवस्थाका कारण प्रताडित भएका र कम्तिमा एक लाख ९० हजार मृत्यु स्वास्थ्यका विषयमा सामान्य ध्यान पु¥याएमा वा गैरकानुनी औषधिको प्रयोग नगरेको खण्डमा मात्रै रोक्न सकिने बताइएको छ । प्रायजसो मृत्यु पिडा कम गर्ने औषधिको दुरुपयोगका कारण हुने गरेको पनि यूएनओडिसीको अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।
सन् २०१६ मा विश्वभर अफिमको उत्पादनमा ठूलो मात्रामा वृद्धि भएको र यो खासगरी अफगानिस्तानमा बढी मात्रामा उत्पादन हुने गरेको प्रतिवेदनमा जनाइएको छ । यसबाट अफगानी तालिवान समूहले लाखौं अमेरिकी डलर आम्दानी गर्ने गरेको बताइएको छ ।
सन् २०१५ मा एसियाबाट विभिन्न मुलुक लाने क्रममा ठूलो मात्रामा समातिएको र यो उक्तबर्ष समातिएको मात्रको करिब ४० प्रतिशत हिस्सा रहेको थियो । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>