कम उमेरमै महिनावारी हुनेमा गर्भावस्थामा मधुमेहको जोखीम
११ वर्षभन्दा कम उमेरमा महिनावारी हुने युवतीहरुलाई गर्भावस्थाको समयमा मधुमेह हुने सम्भावना ५० प्रतिशत बढी रहेको एक अध्ययनले देखाएको छ ।
हालै अमेरिकन जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशित अध्ययनमा यस्तो दाबी गरिएको हो । अध्ययन अनुसार गर्भावस्थामा मधुमेह भएमा यसले सामान्य गर्भावस्थालाई समेत जटिल बनाइदिन्छ । अध्ययनमा भनिएको छसले बच्चा ज र आमा दुवैलाई लामो समयसम्म प्रभावित पार्न सक्छ ।
अमेरिकन जर्नल अफ इपिडिमियोलोजीले ४ हजार ७ सय महिलामा अध्ययन गरेको थियो । उक्त महिलाहरुमा बडी मास इन्डेक्स, बाल्यावस्था, प्रजनन र जीवनशैली कारक तत्वको अध्ययन गरेको थियो । अध्ययन अनुसार, बालिकाहरू छिट्टै यौन अवस्थामा पुग्नुले पनि गर्भावस्थामा मधुमेह लगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याहरु निम्त्याउन सक्छ ।
अध्ययनले कम उमेरमा महिनावारी भएमा पछि गएर गर्भावमा मधुमेहको सिकार हुने हुदा स्वास्थ्यकर्मीले महिलामा महिनावारी र गर्भावस्थामा हुने मधुमेहको जोखिम पहिचान गर्नुपर्ने निष्र्कष निकालेको थियो ।
एजेन्सीको सहयोगमा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>