महिनावारीको समयमा महिला कर्मचारीलाई तीन दिनको विदा
बीबीसी, इटाली सरकारले आफ्नो महिला कर्मचारीहरुलाई महिनावारीको समयमा तलब सहित तीन दिने विदा दिने प्रस्ताव अगाडी बढाएको छ ।
महिनावारीको समयमा विदा चीन, जापान, इन्डोनेसिया र दक्षिण कोरियामा पहिले देखि नै लागु भइसकेको छ । तर, इटाली महिनावारीको समयमा बिदा दिने पहिलो पश्चिमी देश बन्ने छ ।
सरकारको यस्तो प्रस्तावले कतिपय यस बारे धेरै खुसी छन्, तर धेरै व्यक्तिहरुले सरकारको यस्तो निर्णय महिला विरुद्ध हुनेछ भन्ने आशंका गरेका छन् ।
हाल, इटालीमा काम गर्ने महिला कर्मचारीको संख्या ६० प्रतिशत रहेको छ भने युरोपमा महिला कर्मचारीहरूको औसत संख्या ७२ प्रतिशत रहेको छ ।
महिनावारीलाई महिलाले सामान्यतया एक प्राकृतिक समस्याका रुपमा लिने गर्छन् । धेरै जसो महिलाहरु यो समयमा अत्याधिक दुखाइको महसुस गर्छन् । यस्तो अवस्थामा कतिपय महिलाले काम नै गर्न सक्दैनन् ।
‘युगक’ संस्थाको एक अध्ययन अनुसार महिनावारी समयमा आधा भन्दा धेरै महिलाहरु काम गर्न सक्ने क्षमताबाट प्रभावित भएको पाइन्छ । महिनावारीको समयमा एक चौथाई महिलाहरुले आफ्नो हाकिमलाई जानकारी दिएका हुन्छन् ।
बीबीसी हिन्दीबाट
2 Comments
-
Painful menstruation obviously has negative impact on different aspects although it is a natural process. If Nepal government steps towards it, we must welcome.
-
Khusi lagyo yo news sunda Nepal ma Pani yasbare kyahi sochni po ho ki ....
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>