ताइवानमा बर्डफ्ल्युको सङ्क्रमण



Download our app to get more features

एजेन्सी । ताइवानको सरकारले दुईवटा पोल्ट्री फार्ममा फेरी बर्डफ्ल्यु सङ्क्रमित कुखुरा भेटिएको जनाएको छ । बर्डफ्ल्युको सङ्क्रमण अन्यत्र फैलिन नदिन दुवै फार्मका झन्डै १४ हजार कुखुरा एकै ठाउँमा राखिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

ताइवानकै ताइनान सहरमा पनि शनिबार एउटा कुखुरा फार्ममा एच फाइभ भाइरस सङ्क्रमित कुखुरा भेटिएपछि झन्डै आठ हजार कुखुरा मारिएको थियो । ताइवान फिरन्ते चराहरू बढी आवतजावत देशका रूपमा चिनिन्छ । त्यसैले यहाँ यस वर्ष मात्रै १५ प्रकारका फ्ल्युको सङ्क्रमण भएको बताइएको छ । 

Last modified on 2017-06-19 12:41:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts