मेदान्त अस्पतालको एयर एम्बुलेन्स बैंककमा दुर्घटना, पाइलटको मृत्यु



Download our app to get more features

एजेन्सी, २४ फागुन । भारतको दिल्लीस्थित मेदान्त अस्पतालको ‘एयर एम्बुलेन्स’ थाइल्यान्डको राजधानी बैंकक नजिकै दुर्घटनाग्रस्त भएको छ ।

मुटुको समस्याबाट ग्रसित एक बिरामीलाई मेदान्त अस्पतालबाट बैंकक लिएर गइरहेको ‘एयर एम्बुलेन्स’ मा एक्कासी आगो लागेका थियो ।

भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजले ट्विट मार्फत जानकारी गराउँदै उक्त घटनामा  पाइलटको निधन भएको बताएकी छिन् । उनले घटनाको पुष्टी गर्दै पाइलट अरुनाशका नन्दीको घटनास्थमै मृत्यु भएको बताएकी छिन् ।

उक्त विमानमा रहेका अन्य ४ जना भने घाइते भएको बताइएको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी बैंककमै उपचार भैरहेको छ । जसमा दुई चिकित्सक रहेको स्वराजले बताएकी छन् । उनीहरुलाई आइसियूमा राखेर उपचार भइरहेको छ ।
 

Last modified on 2017-06-19 16:23:08

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts