१८ वर्षको उमेरमा एक हजार भन्दा धेरै पटक भाँचियो हड्डी, थाहा पाउनुहोस् कारण



Download our app to get more features

एजेन्सी । भारतको बिहार स्थितभागलपुर बस्ने परवीनको शरीरको ९० प्रतिशत हड्डी भाँचिइसकेको छ । यस्तो अवस्थामा पनि परवीनले हिम्मत हारेकी छैनन् । उनी भन्छिन् ‘म आफुलाई अपांग मान्दिन, किनकी मेरो आत्मविश्वास धेरै बलियो छ । मेरो दिमागले सहि काम गर्छ, यति मात्र हो की म हिड्डुल गर्न पाउँदिन, जसका कारण मानिस मलाई दयाको दृष्टिले हेर्ने गर्छन् ।’

१८ वर्षकी बलियो परवीन ओष्टियोजेनेसिस् इम्पेरफेक्टा नामको एक वंशानुगत असन्तुलनको समस्या बा पीडित छिन् । जसका कारण उनको हड्डी धेरै कमजोर हुनुको साथै छिटो भाँचिने गर्छ ।

परवीन एक सामान्य बच्चाको रुपमा जन्मिएकी थिइन् । तर, दुई वर्षपछि अचानक उनको शरीरमा परिर्वतन आउन थाल्यो । जसले गर्दा विस्तारै उनको शरीरका हड्डीहरु भाँचिन थाले । उनकी आमा गजलाले भनिन् ‘जव परवीना जन्मिन उसको छाला धेरै पातलो थियो, चिकित्सकले त्यहि समय भनेका थिएकी परवीनाको हड्डी धेरै कमजोर रहेको छ । उसलाई क्याल्सियमको धेरै मात्रा दिइयो तर, परवीनामा त्यसको कुनै प्रभाव भएन ।’ 

परवीना यी सबै कुराको घृणा गर्छिन्, उनी पनि खुल्ला आकाशमा आफ्नो उमेरका केटीहरु जस्तै उड्न चाहन्छिन् । परवीना भन्छिन् ‘खुल्ला रुपमा हिड्न नसक्दा प्राय मेरो आफ्नै शरीर कुनै पनि जेलमा रहेको जस्तो महसुस हुन्छ ।’ शरीरका धेरै जसो हड्डी भाँचिएको हुँदा उनी साथीहरुसँग खेल्न सक्दिनन् । 

परवीनसँग साथीको रुपमा एउटा बिरालो रहेको छ, त्यसैसँग उनी दिनभर खेल्ने र समय बिताउने गर्छिन् । उनले एक जना सहयोगीको साथमा परीक्षा समेत दिएकी छन् साथै उनले पछि गएर बैंकमा जागिर खाने इच्छा व्यक्त गरेकी छिन् । उनको भनाइछ,‘जागिरले नै मेरो किस्मत परिर्वतन हुनसक्छ ।’

Last modified on 2017-06-19 16:28:10

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts