अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पताल सार्न नयाँ भवनको खोजी



Download our app to get more features

सिड्नी, २० फागुन । अठार वर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पताल द कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । 

द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पतालको रुपमा परिचत छ । 

बिरालोले छाउरा सारे झैँ स्थापनाकालदेखि अहिलेसम्म पाँच पटक विभिन्न स्थानमा सर्दै आइसकेको यस अस्पताल वर्तमान भवनमा सरेको आठ वर्ष बितिसकेकोछ । हाल आएर, घरबेटीले सो भवन अब बिक्री गर्नुपरेकाले खाली गराइ देउ भनी अस्पताल प्रशासनलाई भनेपछि भ्यागुते अस्पताल अब फेरी अन्यत्र सर्न बाध्य भएको हो । 

भ्यागुताहरुको उपचारजस्तो सम्बेदनशील कार्यका लागि उपयुक्त भवन पाउन सोचेभन्दा निकै कठीन भएको अस्पतालले उल्लेख गरेको छ। 

हाम्रो यस नर्थ क्वीन्सल्याण्डमा घर, जग्गा खरीद–बिक्री या भाडा, बहाल लेन–देन ब्यबसायमा लागेका ९रियल इस्टेट एजेन्ट्स०ले आवासिय होस् वा जस्तो सुकै, भवन खाली हुनासाथ, आवश्यक भए पनि नभए पनि घरभरी जथाभावी ठूलो परिमाणमा कीटनाशक औषधि छर्किने गर्छन् । 

हाम्रो कामको प्रकृतिअनुसार एक पटक किटनाशक औषधि छर्किएपछि त्यो भवन हामीलाई कामै लाग्दैनू कायन्र्स फ्रग हस्पिटलकी संस्थापक एवम् अध्यक्षा डेबोराह पेर्गालोट्टी सिन्ह्वा प्रतिनिधिलाई बताइन। 

अस्पतालकी अध्यक्ष पेर्गालोट्टीले आँफुलाई चिन्ता लागेको बताईन । उनले भािनन् एकातिर अस्पताल सार्न नयाँ भवन फेला पार्नु कठिन र चुनौतिपूर्ण छ् भने अर्को तर्फ  खेतबारीमा चाहिने भन्दा बढी परिणाममा किटनाशक विषादीका जथाभावी प्रयोगका कारण संसारबाटै भ्यागुता लोप हुँदै जानुले चिन्ता उत्पन्न गराएको छ । 

संसारका कुनै पनि प्रजातिका भ्यागुता आफ्ना प्राकृतिक गुणअनुसार रासायनिक पदार्थप्रति अत्यन्त सम्बेदनशील हुन्छन् । त्यसमाथि, कीटनाशक विर्षादीको गन्ध भएपछि त भ्यागुताले अलिकति पनि पचाउन सक्दैनन् । 

उनले अस्पताल सार्नका लागि नयाँ भवन फेला पार्न कीटनाशक विर्षादीले मात्र होइन घरभाडाले पनि त्यत्तिकै चुनौति थपिएको बताएकी छिन्। 

भ्यागुते अस्पताल सञ्चालन गर्नुपर्ने भवनका लागि सिड्नीको केन्द्रिय इलाका ९डाउन टाउन०भन्दा निकै टाढाको स्थानमा गए पनि प्रतिहप्ता आठसयदेखि दुई हजार अस्ट्रेलियाली डलरसम्म पर्ने अनुमान गरेकि छिन् डेबोराहले । 

यस उपचार केन्द्र सञ्चालन गर्नुभन्दा पहिला एउटा भ्यागुते अस्पताल स्थापना गरौं भनी हामीले समाजका बिभिन्न मानिसलाई गुहा¥यौँ । सुरुसुरुमा पशुअधिकार अभियन्ताले समेतले तिमीहरुको हावा खुस्कियो कि क्या हो, किन यस्तो मूख्र्याइँ गर्न लागेका भनी गिज्याएको उनले बताएकाी छिन्। 

अहिले तिनीहरु हाम्रो परिश्रम, काम र लगनशीलता देखेर छक्क पर्छन् । यो धरती सबै प्राणधारी जीवको साझा घर हो । एउटा भ्यागुतो बिरामी प¥यो वा उसको खुट्टो भाँच्चियो वा चोट पटक लाग्यो भन्दैमा उसलाई मर्न छाडिदिने रु टुलुटुलु हेरि रहने धर्तीका हरेक प्राणीलाई औषधि र उपचारको हक छ, बचाउन सकिने भएमा धर्तीका हरेक प्राणीलाई बचाउनुपर्छ । 
 -रासस/सिन्ह्वा 
 

Last modified on 2017-06-19 17:04:02

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts