अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन
अष्ट्रिया, १३ फागुन । अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको क्यान्सरका कारण निधन भएको छ ।
बिहीबार ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१५ को सुरुमै उनलाई क्यान्सर लागेको पत्ता लागेपछि उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उनको निधन भएको हो ।
सिकिस्त बिरामी भएपछि उनले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सकेकी थिइनन् ।
केही समय उनको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेब्रेअरीको सुरुमा उनलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो ।
-रासस/सिन्ह्वा
Last modified on 2017-06-23 14:14:45
Reporter
View Other Stories by Author >>