औषधि बिक्रीसम्वन्धि कानून संशोधनको विरोध हिंसात्मक



Download our app to get more features

एजेन्सी । पाकिस्तानको लाहोरमा पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानूनमा संशोधन गर्न लागेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । लाहोरको एक स्थानीय फार्मेसीमा औषधि बिक्री सम्बन्धी कानुनमा संशोधनको विरोधका लागि भेला भएकाहरुको बीचमा आत्मघाती बिस्फोट भएको छ । बिस्फोटमा परी १३ जनाको ज्यान गएको छ ।

लाहोरको पूर्वी क्षेत्रमा भएको विरोध प्रदर्शनको आत्मघाती बम विस्फोट हुँदा अन्य ४० जना घाइते भएको र घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको पाकिस्तान प्रहरीले जनाएको छ । विस्फोटनमा परि ज्यान जानेमा लाहोरका ट्राफिक प्रहरी डिआइजी अहमद मुबिन र एसएसपीका जाहिद महमुद गोन्दल पनि रहेको समाचार संस्था एपीले जनाएको छ । स्थानीय एक फार्मेसीले पञ्जाब प्रान्तले औषधि बिक्री सम्बन्धी कानुनमा संशोधन गर्न लागेकोमा विरोध प्रदर्श भइरहेको ठाउँमा विस्फोट भएको हो । मोटरसाइकलमा आएको आत्मघाती आक्रमणकारी प्रदर्शनकारीकोबिचमा छिरेर आफैलाई विस्फोट गराएको प्रत्यक्षदर्शीले बताएका छन् । तालिबानसँग सम्बन्धित समूह जमात–उल–अहरारले विस्फोटको जिम्मेवारी लिएको छ ।

 

Last modified on 2017-06-23 17:10:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts