प्लाष्टिक बोतलको पानी गर्भवतीका लागि खतरनाक
एजेन्सी । गर्भवतीका लागि प्लाष्टिकको बोतलमा पानी पिउने बानी खतरनाक हुन सक्ने हालै गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा बताइए अनुसार गर्भावस्थामा प्लाष्टिकको बोतलमा पानी पिउँदा हर्मोनमा परिवर्तन आउन सक्छ ।
प्लाष्टिकको बोतलमा पाइने (Bisphenol -BPA) नामक रसायनले भोकलाई नियन्त्रण गर्ने हर्मोनलाई पनि निष्क्रिय बनाइदिन्छ । यसको कारण गर्भवती महिलाको भोक लाग्ने प्रक्रियामा प्रभाव पर्ने द इन्डोक्रइन सोसाइटीले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ । उक्त रसायनले गर्भवती महिला तथा गर्भमा हुर्किरहेको शिशुको मानसिक स्वास्थ्यको लागि समेत खतरानक हुने पनि बताइएको छ ।
क्यानडाको युनिवर्स्टिि अफ ओटावाका सोधकर्ता डा. अलफोंसोले प्लाष्टिकको बोतलमा पाइने द्यएब् ले शरीरको उर्जा तथा हर्मोनको सन्तुलन बिगार्ने बताएका छन् । त्यसको फलस्वरुप शरीरमा विभिन्न किसिमको अनावश्यक परिवर्तन हुने बताइएको छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ ।
Reporter
View Other Stories by Author >>