पित्तथैलीमा पत्थरी किन हुन्छ ? (भिडियो सहित)



Download our app to get more features

पित्तथैलीमा पत्थरी हुने समस्याले धेरैलाई सताएको छ । यससम्बन्धी चासो पनि धेरैले राख्छन् । पथ्थरी भनेको के हो ? के कारणले पित्तथैलीमा पत्थरी हुन्छ र पथ्थरी भएको कसरी थाहा पाउने । वरिष्ठ कन्सल्टेन्ट शल्यचिकित्सक डाक्टर प्रमोद कुमार यादवका सल्लाह र सुझाव यस्ता छन् ...

कलेजोको फेदमा सानो थैलो जस्तो हुन्छ यसलाई नै पित्तथैली भनिन्छ । 
पित्तथैलीको काम 
पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ ।

पित्तथैलीमा पत्थरी हुने कारण 
पित्तथैलीमा पत्थरी हुने यकीन कारण थाहा नभए पनि लवण,राता रत्तकोषहरु आदि नासिएर बनेका कणहरु पित्तथैलीमा जम्मा भएर लामो समय बस्दा स्राहो हुन्छ यसलाई नै पथ्थरी भन्निछ । पित्तको संरचनामा परिवर्तन, अस्वस्थ खानपान, मधुमेह, रगत सम्बन्धी रोग  आदिको कारणले पित्तथैलीमा पत्थरी हुन्छ ।

लक्षण के–के हुन् ?
यो रोग लागेपनि लामो समय कुनै लक्षण देखा नपर्न सक्छ । 
१. पित्त उत्पादनमा कमी हुने भएकाले खाना अपच हुन्छ ।
२. बोसो भएको खानेकुरा खादा पेट पोल्ने, घोच्ने आदि समस्या हुन्छ ।
३.पेट दुख्ने । (विशेष गरेर दाँया भाग ) 
४. पत्थरी भएको लामो समय भए शरीरको दाँया भाग दुख्ने हुन्छ । (हात, खुट्टा,कम्बर)
५.वाक्वाकी लाग्ने ।

पत्थरी हुँदा किन दुख्छ ? 
कलेजोबाट पित्तासयमा लगातार पित्त आउँछ । यसरी आएको पित्त आवश्यक्ता अनुसार पित्तासयबाट बग्दछ । पित्तसयसंगै पत्थरी पनि बग्न खोज्छ । तर साह्रो भएकाले बग्न नसक्दा पित्तासयको मुखमा ठोकिन्छ र दुख्छ । 

कसलाई हुन्छ पथ्थरी ?
यो रोग सबै लिंग र उमेर समुहका मानिसमा हुन्छ । तर ४०,४५ वर्ष उमेर पार गरेका महिलामा यो रोग बढी देखिन्छ । यस रोगका रोगीले बढी चिल्लो र मसलादार खाना खानु हुदैन् ।

उपचार के हो ?
यसको सबैभन्दा उत्तम उपचार पद्धति भनेकै शल्यक्रिया गरेर पथ्थरी झिक्नु हो । 
यो रोगको बेलैमा उपचार भएन भने क्यान्सरसम्मको खतरा हुन्छ । त्यस कारण कुनै लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

भिडियो हेर्नुहोस् 

 

Last modified on 2017-06-25 15:12:26

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts