के तपाइँको घरमा पनि ओछ्यान पर्नुभएको बिरामी हुनुहुन्छ ? ओछ्याने घाउ होला है !

के तपाईंको घरमा पनि ओछ्यानमा थला परेको बिरामी हुनुहुन्छ ? कि तपाईं आफै लामो समयसम्म ओछ्यानमा आराम गर्नुपर्ने खालको बिरामी हुनुहुन्छ ? उभिन या उठबस गर्न नसकिने गरी ओछ्यान परेकालाई एकनास एकै ठाउँमा दवाव पर्दा ओछ्याने घाउ हुन्छ ।
जसलाई अङग्रेजीमा Bed Sore अथवा Pressure Ulcer पनि भनिन्छ । ओछ्याने घाउ भनेको लामो समय एकै अवस्थामा बस्दा वा सुतिरहँदा छाला र त्यस तलका तन्तुहरुमा चापका कारण हुने घाउ हो । यस्ता घाउहरु प्राय शरीरको तिखा हड्डी भएको भागमा हुने गर्दछ ।
यो घाउ प्राय लामो समयसम्म ओछ्यानमा सुतिरहने र हिँडडुल गर्न नसक्ने शारिरीक समस्या भएका मानिसलाई हुन्छ । यो घाउ चाँडै विकास हुन सक्छ र जटिल अवस्था भयो उपचार गर्न कठिन पर्नसक्छ । त्यसैले यसलाई रोकथामको लागि निम्न उपायहरु अपनाउन सकिन्छ । अमेरिकन संस्था National Pressure Ulcer Advisory Panel ले यसलाई चार श्रेणीमा विभाजन गरेको छ ।
पहिलो अवस्था
- यो घाउको सुरुवाती अवस्था हो जसका लक्षणहरु निम्न छन् ।
- छाला फुटेको हुँदैन ।
- छाला रातो देखिन्छ ।
- घाउ भएको ठाउँ सुन्निने, दुख्ने, नरम हुने वा वरिपरीको अरु छाला भन्दा तातो वा चीसो हुन सक्छ ।
दोस्रो अवस्था
- यो अवस्थामा छालाको बाहिरी पत्र Epidermis र त्यस तलको भाग Dermis पनि प्रभावित हुन्छ ।
- पानी भरिएको फोका वा फुटेको फोका जस्तो देखिन्छ ।
- छाला रातो अथवा गुलावी पनि हुन सक्छ ।
- यो अवस्थामा छालासँगै केही बोसोको भाग पनि प्रभावित हुन्छ ।
- घाउको तल्लो भागमा केही मरेका तन्तुहरु हुन्छन् । यो अवस्थामा छाला र बोसोसँगै माशंपेशी र हड्डी पनि प्रभावित हुन्छ ।
तेश्रो अवस्था
यो अवस्थामा छाला संगै केही बोसोको भाग पनी प्रभावित हुन्छ ।
घाउको तल्लो भागमा केही मरेका तन्तुहरु हुन्छन् ।
चौथो अवस्था
यो अवस्थामा छाला र बोसो सँगै मांशपेशी र हड्डी पनि प्रभावित हुन्छ । घाउको तल्लो भागमा पहेँलो मरेका तन्तुहरु हुन्छन ।
घाउ हुनसक्ने भागहरु
- कुममा
- मेरुदण्ड भएको भागमा
- पाखुरा र खुट्टाको पछाडीको भागमा
- ओछ्यानमा सुतिरहने बिरामी मानिसमा
- टाउको पछाडी र साइडको भाग
- कानको बाहिरी भागमा
- तल्लो ढाड
- कुइनो घुँडा र कुर्कुच्चाको भाग
डाक्टरलाई कहिले भेट्नुपर्छ त ?
ओछ्याने घाउको संकेत र लक्षण देखिएमा प्रत्येक दुई घण्टामा कोल्टो फेराइरहनु पर्छ । त्यसो गर्दा पनि २४ देखि ४८ घण्टासम्म घाउमा केही सुधार नआए डाक्टरसँंग परामर्शका साथै संक्रमणका लक्षणहरु जस्तै ज्वरो आउने, घाउ गनाउने भएमा र घाउको वरिपरी छाला रातो भएमा तुरुन्तै स्वास्थ्य सेवा लिनु पर्छ ।
ओछ्याने घाउ कस्तो अवस्थामा हुन्छ त ?
- वृद्धावस्था हुँदा
बुढेसकालमा छाला पातलो र सुख्खा हुनुको साथै रक्त संञ्चार पनि कम हुन्छ । जसले गर्दा सजिलै घाउ हुन सक्छ ।
महशुस गर्ने शक्ति कम हुँदा
- नशा सम्बन्धी समस्या भएका मानिसमा महशुस गर्ने शक्ति कम हुन्छ जसले गर्दा चाप परेको र दुखेको थाहा नहुँदा घाउ बन्न सक्छ ।
पोषण र पानीको कमी
- उपयुक्त मात्रामा पोषण तत्व र पानी शरिरले नपाउँदा छाला पातलो, सुख्खा र फुट्ने हुन्छ जसले गर्दा सजिलै घाउ हुनसक्छ ।
छालाको सुख्खापन
- छाला धेरै सुख्खा भएमा पनि सजिलै घाउ हुन सक्छ । छालालाई नरम बनाइदिन्छ र सजिलै घाउ हुन सक्छ ।
राम्रोसँग रक्तसञ्चार नभएको अवस्था
- मधुमेह वा रक्तनलीको समस्या आदि भएमा ।
-चुरोट सेवन
- चुरोट सेवन गर्ने व्यक्तिमा रगतको सञ्चार कम मात्रामा हुन्छ जसले घाउ बनाउने प्रवल सम्भावना रहन्छ ।
अन्य कारणहरु
-निरन्तर चाप (Sustained Pressure)
- लामो समयसम्म एकैतिर फर्केर सुतिरहदा त्यो भागमा चाप परिरहन्छ । जसले गर्दा रगतको सञ्चार हुन पाउँदैन र त्यहाँका तन्तुहरु मर्दै जान्छन र अन्त्यमा घाउ हुन्छ ।
घर्षण (Friction)
- बिरामीलाइ एक ठाउँबाट अर्को ठाउँमा सार्दा घिसारेर सारेमा नरम वा कमजोर छालामा सजिलै घाउ बन्न सक्छ ।
उपचारका विधिहरु
- चाप कम गर्ने ।
-ओछ्यानमा सुतिरहने मानिसलाई हरेक दुई घण्टामा कोल्टो फेराउने ।
- चाप कम गर्ने म्याट्रेस Air Mattress वा Water Mattress प्रयोग गर्ने ।
- घाउलाई सफा राख्ने र ड्रेसिङ् गर्ने ।
- घाउ पहिलो अवस्थामै छ भने साबुन पानीले धोएर सुख्खा बनाउने र त्यो भन्दा माथिको अवस्थामा छ भने ड्रेसिङ् गरेर मलम लगाउने ।
- मरिसकेको कोषहरुलाई हटाउने ।
- संक्रमण भइसकेको अवस्थामा एन्टिवायोटीकको प्रयोग गर्नुपर्छ ।
- पोषणयुक्त खाना (अत्याधिक प्रोटिन भएको) ले पनि घाउ सन्चो बनाउन मद्दत गर्छ र छालालाई स्वस्थ बनाउँछ ।
- चिसोपन र दिशापिसावबाट बचाउने ।
अप्रेशन
धेरै चाप पर्ने भागमा अर्को ठाउँबाट तन्तु त्ष्ककगभ ल्याएर जोड्ने अप्रेसन गर्न सकिन्छ ।
जटिलताहरु
- रगतको संक्रमण ।
- छाला र तन्तुको संक्रमण ।
- हड्डी र जोर्नीको संक्रमण ।
- क्यान्सर ।
रोकथाम गर्ने उपायहरु
- ओछ्यानमा सुतिरहने र हिँडडुल गर्न नसक्ने व्यक्तिलाइ बेला बेलामा कोल्टे फेराउने र हिँडडुल गर्न सक्नेलाई हिंड्न प्रेरित गर्ने ।
- छालालाई सफा राख्ने र बेला बेलामा तेल लगाएर मालिस गर्ने । मालिस गर्दा तिखा हड्डी भएको भागलाई विशेष ध्यान दिने ।
- सुतिरहने बिरामीका लागि चाप कम गर्ने साधन एयर म्याट्रेस वा कुशन प्रयोग गर्ने ।
- व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा नघिसारी सार्ने ।
- ओछ्यानलाई चिसोपनबाट बचाउने र दिशा पिसाव गर्ने व्यक्तिलाई सफा राख्ने ।
- छालालाई स्वस्थ राख्न उपयुक्त मात्रामा पोषण तत्व भएको खाना र पानी खुवाउने ।
- महसुस गर्ने शक्ति कम भएको, नशाको समस्या भएका व्यक्तिको चाप बढी पर्ने भागमा प्रत्येक दिन निरीक्षण गर्र्ने आदि ।
(सापकोटा वि. एस्सी. नर्सिङकी विद्यार्थी हुन् ।)