किन आउँछ सेतो दुबी ? (भिडियो सहित)



Download our app to get more features

हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । किन सेतो दुबी आउँछ ? यसबाट मुक्ति पाउन के गर्ने ? छाला तथा यौन रोग विशेषज्ञ प्रा.डा. अमित अमात्य यसो भन्छन् :

सेतो दुबी देखिने कारण :
चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ । तर यो नगन्य मात्रमा हुन्छ ।

सेतो दुबी बारे भ्रम :
सेतो दुबी हुनेहरुलाई धेर ैनै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ । यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । यही कारणले सेतो दुबी हुने हरुलाई हेयका दृष्टिले हेर्ने गरिन्छ । 

सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । (ओठ,मुख,हात, खुट्टा आदि )

छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ :
१.गोलो थोप्ला :
यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।

२.शरीरको एकापट्टीको भागमा मात्र आउने :
यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ । 

३. शरीरको पुरै भागमा देखिने :
यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ ।

एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८,१० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ ।

यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ । 

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा :
सम्भव भएसम्म पलास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने ।
केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने । 
यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ । यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।

भिडियो हेरौं

Last modified on 2017-07-02 13:13:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

5 Comments

  1. बिदुर राज गिरी on Fri, Jul 27 2018 10:44 PM

    मेरो हात खुट्टा र मुख मा आयो यसलाइ के औषधि सेवन गरे ठिक हुन्छ होला

  2. मिलन गुरुङ on Mon, Jul 23 2018 11:47 PM

    मेरो ओठमा साना दुई ओटा थोप्ला देखिएको छ सेतो गाढा सेतो नभैइ केही मधुरो खाल्को मुख वरी परी पनि तेस्ता सेता थोपाहरु मधुरो देखिन थालेको छ र एकदम चिलाउछ पनि खास यो के को लक्ष्यण होला ज्वाफ पाए अभारी हुने थिए ।।

  3. सोमन तामाङ on Tue, Mar 06 2018 02:16 PM

    मेरो जिउ मा घमौरा ले गर्दा सेतो दाग आको छ यो घमौरा जता जता आएको छ तेहि ठाँउ मा आएको हुदा यस्लाइ दुबि भन्न मिल्छ?

  4. सेता दुवी आउनेलाई सामान्य रुपमा लिएर उपचार गर्न सकिनछ भने यस्को अपचार बरे जानकरी पाउ

  5. म 22 बर्सिय युवा हु अहिले मलेसियामा छु ।यहाँ अको 5 महिना भयो । मेरो काधमा हल्का थोप्ला थोप्ला जस्तो दाग देखियो म यसलाई वास्ता गरिन तर पछि 1/2 हफ्तापछि छातिमा पनि आउन थाल्यो डाक्टर लाई पनि देखाए त्यो औसधिले कुनै असर गरेन आजकाल झन बधी आउन थल्यो घातिमा पनि देखिन थालेको छ । मलाई चिन्ता लाग्न थालेको छ। कृपया यसको बारेमा पूरा जानकारी दिनुहोला । के गरेमा सन्चो हुन्छ। धन्यबाद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts