फास्टफुड मन पर्छ ? निम्त्याउँछ यस्ता खतरा !
चाट, पकौडा, मोमो, बर्गर, पिज्जाको नाम सुनेर तपाईँको मुखमा पानी आयो होला । तर, तपाईँ जति सोच्नु हुन्छ फास्टफुड फूडलाई हेल्दी त्यति नै अस्वथकर हो । फास्टफुड अस्वस्थकर हुनुका साथै यसले तपाईँको स्वास्थ्यमा धेरै नै नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।
डको सेवनले ज्यानैजाने रोग लागेर कतिको मृत्यु पनि भइसकेको छ । हालै गरिएको एक अध्ययनका अनुसार फास्टफुडमा मानक स्तर भन्दा चार गुणा बढी सोडियम र फ्याट हुन्छ । भने अर्कोतर्फ यसमा फाइबर, भिटामिन र मिनरल्स जस्ता पोषक तत्वको कमी हुन्छ । सजिलैसँग बुझ्ने हो भने स्ट्रिट फूडमा पोषक तत्वको मात्रा नै हुँदैन । यस्तो अवस्थामा पनि यदि तपाई स्ट्रीट फूड खानेबानी छोड्न सकिरहनुभएको छैन् भने तपाईँलाई खतरानक रोगले समात्न सक्छ ।
फास्टफुड खतरनाक किन ?
गुणस्तरहिन तेलमा डीप फ्राई गरिएको हुन्छ । त्यसबाहेक फास्टफुडलाई पटक–पटक तताईन्छ जसले गर्दा यसमा ट्रान्स फ्याटी एसिडको स्तर जतिपटक फ्राई गरिन्छ त्यति नै मात्रामा बढ्दै जान्छ ।
मुटुको रोग लाग्ने खतरा
यो अध्ययन ब्रिटेनको कोलेस्ट्रोल च्यारिटी हार्ट इन्स्टीच्यूटद्वारा गरिएको हो । रिपोर्टका अनुसार सोडियम र सेचूरेटेड फ्याटको मात्रा बढी हुने कारणले स्ट्रिट फास्टफुड खानेहरुमा मुटुको रोग लाग्ने हुन्छ । यसले हृदयघात, रक्तचाप जस्ता रोगको खतरा चार गुना बढी हुन्छ । त्यो बाहेक फास्टफुड खानेहरुमा मोटोपना र स्ट्रोकको जोखिम पनि धेरै हुन्छ ।
अध्ययनका बेला घरको खाना खानेहरु मानिस सबैभन्दा बढी सक्रिय पाइए भने हप्तामा चार दिन फास्टफुड खानेहरु मानसिक र शारीरिक रूपले सुस्त हुने देखिए ।
फास्टफुडको सेवनले हुने अन्य रोगहरु ...
डायबिटीज
क्यान्सर
हाइपरटेन्सन
आन्द्राहरु सुन्निने
मोटापन
डिप्रेशन
दांँतमा समस्या
टाउको दुख्ने
छाला र कपालसँग सम्बन्धित रोग
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>