यस कारण हुन्छ बाँझोपन (भिडियो सहित)



Download our app to get more features

पवाद बाहेक सन्तानको चाहना सबैमा हुन्छ । तर विविध कारणले बाँझोपन वा सन्तान नहुने समस्या धेरैमा विद्यमान छ । के हो बाँझोपन ? कसरी यो समस्याबाट मुक्ति मिल्छ ? स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा. नुतन शर्माका केही टिप्स् यस्ता छन् :
के हो बाझोपन ?
बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतिपूर्ण समस्या हो । एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरुषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ ।

बाझोपन हुने कारण :
कुनै एक कारणले मात्र बाँझोपन हुदैन । बाँझोपन हुने कारण धेरै छन् । महिला र पुरुष दुबैका समस्याका कारण बाँझोपन हुनसक्छ । जस्तै ,
१.पुरुषमा वीर्य उत्पादन कम हुनु वा नहुनु, महिलामा पाठेघरमा समस्या हुनु । 
२.लामो समयसम्म अस्थायी साधनको प्रयोग गर्नु । (कपटी, तीन महिने सुई वा विभिन्न साधन)
३.पाठेघरमा संक्रमण (इन्फेन्सन)हुुनु ।
४.पटक–पटक गर्भ फ्याल्नु ।
५.महिनावारी रोक्ने औषधिको बढी सेवन गर्नु ।
६. बढी तौल हुनु तथा थाइराइडको समस्या हुुनु ।
७.लागुऔषधको अत्याधिक सेवन आदि ।

बाँझोपनका लक्षण :
अधिकांशमा बाँझोपनको लक्षण नदेखिन पनि सक्छ । तर अनियमित महिनावारी हुनु तथा धेरै दुखाई हुनु , यौन सम्पर्क गर्दा अति पीडा हुनु, यौन सम्पर्कका बेला पुरुषको यौन अंग उत्तेजित नहुनु । साथै यौन रुची घट्नु, आँखा धमिलो देखिनु वा कपाल बढी झर्नेहरुमा बाझोपन हुने संभावना बढी हुन्छ ।

बाँझोपनबाट बच्ने उपाय
१.सकेसम्म २०देखि ३० वर्षको उमेर भित्र बच्चा जन्माउने योजना बनाउने ।
२.पहिलो बच्चा नभएका व्यक्तिले अस्थायी साधानको प्रयोग गर्दा बिचार पु¥याउने ।
३.धेरैपटक गर्भनिरोधक औषधिको प्रयोग नगर्ने साथै असुरक्षित गर्भपतन पनि नगराउने ।
४.तौललाई नियन्त्रणमा राख्ने ।
५.लागुपदार्थको सेवन नगर्ने ।
५. विद्यालय उमेर देखिनै यौन तथा बाँझोपनको बारेमा शिक्षा दिने-लिने ।

भिडियो हेर्नुस्

 

Last modified on 2017-07-03 14:26:35

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts