ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु



Download our app to get more features

रियो दि जेनेरिया (ब्राजिल), २९ पुस । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । 

स्वास्थ्य सचिवालयका अनुसार कम्तिमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्युभएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् । 

‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ । 

मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।

रासस/सिन्ह्वा 

Last modified on 2017-07-04 15:21:13

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts