विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु



Download our app to get more features

इस्लामाबाद, १२ पुस । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ । 

रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । 

इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् । 

“पछिल्लो विवरण अनुसार मुबारकबाद बस्तीमा क्रिसमस पर्व मनाइरहेका बेला २२ जना क्रिश्चियन र दुई जना मुस्लिमसहित २४ जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी अधिकारी इमरान अतिफले एएफपी समाचार समितिलाई बताएका छन् । उनले कम्तीमा ६० जना विरामी परेको पनि जानकारी दिए ।  

यसअघि गत अक्टोबरमा पनि पञ्जाब क्षेत्रमा भएको एक पार्टीमा यस्तै विषाक्त मदिराका सेवनका कारण ११ जना क्रिश्चियनको मृत्यु भएको थियो । 

सन् २०१४ को अक्टोबरमा पनि इदको सार्वजनिक विदाका दिन विषाक्त मदिराको कारण २९ जना जड्याहाको मृत्यु भएको थियो ।

रासस/एएफपी 

Last modified on 2017-07-06 16:18:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts