भाइरल बन्यो प्राणघातक प्रोगेरिया रोगबाट पीडित बालकको भिडियो (भिडियो सहित)
दुई करोडमा एकजनालाई हुने
काठमाण्डौं, ९ पुष । एक सात वर्षीय बालकलाई हेर्दा ८० बर्षीय बृद्ध जस्तो देखिने ‘प्रोगेरिया डिसअर्डर’ देखिएपछि उनको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ ।
मे महिनामा सिरियाबाट युद्धका कारण टर्कीमा विस्थापित भएका बालकको नाम मोहम्मद अब्देलमजिदा हो । उनी ७ महिनाकै उमेरदेखि प्रोगेरिया रोगबाट ग्रसित भएको उनको आमा सेरीनाले बताएकी छिन् ।
मेडिकल भाषामा यस्तो विकारलाई प्रोगेरिया डिसअर्डर भनिन्छ । बिशेषगरी दुई करोड मानिसमा एक जनालाई देखिने यो रोग संसारकै दुर्लभ रोगहरुमध्ये पर्छ । चिकित्सकहरुका अनुसार यो रोग लागेमा साधारणतया १३ –१४ वर्षको उमेरमा हृदयधात वा स्ट्रोकका कारण बिरामीको मृत्यु हुने गर्दछ । अहिले उक्त बालकको अभिभावक छोराको मृत्यु कुरेर बस्नुपर्ने असह्य पीडाबाट गुज्रिएका छन् ।
उनी स्कुल जान चाहन्छन् तर स्कुलमा उनलाई बुढोजस्तो देखिएर सबै डराउने भएकोले घरमै बस्न बाध्य छन् । उनले आफु भविष्यमा डाक्टर हुन चाहेको बताएका छन् । उनले आंफु उपचारको लागी जर्मन जान चाहेको पनि बताएका छन् ।
एजे प्लस समाचार संस्थाले बनाएको बालकको भिडियोे फेसबुकमा करिव एक करोड २६ लाख भन्दा बढी पटक हेरिएको छ ।
तपार्इं पनि हेर्नुस्
Reporter
View Other Stories by Author >>