राज्यमन्त्री चौधरीद्वारा बिरामीलाई फलफूल वितरण

What's This?


Download our app to get more features

काठमाडौँ, २७ चैत । सहिद स्मारक जनसङ्ख्या सहकारी संस्था लिमिटेडले आज आफ्नो नवौँ वार्षिक साधारणसभाको अवसरमा सहिद मेमोरियल अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ ।

साधारणसभाको उद्घाटनपछि सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले अस्पतालमा पुगेर करिब ४० जना बिरामीलाई फलफूल वितरण गर्नुभएको हो । कलङ्की चोकमा अवस्थित सय शय्याको सो अस्पताललाई विगत आठ वर्षदेखि सहिद स्मारक जनसङ्ख्या सहकारी संस्था लिमिटेडले सञ्चालन गर्दै आएको छ । 

सोही अवसरमा राज्यमन्त्री चौधरीले अहिले भाडामा भवन लिएर सञ्चालन भइरहेको अस्पतालको भवनका लागि आफूले सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीका अध्यक्ष सोमनाथ अधिकारीले अस्पताललाई अझै सुधार र व्यवस्थित गर्न सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो । 

अस्पतालका प्रशासन प्रमुख श्रीराम पोखरेलले सहकारीद्वारा सञ्चालित अस्पतालमा सहरबाट मात्र नभई गाउँगाउँबाट समेत उपचारका लागि आउने गरेको बताउनुभयो ।

Last modified on 2016-04-09 18:58:55

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts