चिकित्सकले गर्भाधारण गर्नै नसक्ने दावी गरिएकी महिला जुम्ल्याहा बच्चाकी आमा बनिन्

बीबीसी, ३ मंसीर । चिकित्सकले जीवनमा कहिल्यै गर्भाधारण गर्न नसक्ने बताएको केही बर्षपछि अष्ट्रेलियाकी महिलाले दश दिनको अन्तरमा दुईपटक गर्भाधारण गरेर जुम्ल्याहा छोरीलाई जन्म दिएकी छिन् ।
केट हिल नाम गरेकी ती महिलाले पहिले पोलिसिस्टिक ओभरी सिण्ड्रोम नामक हर्मोन सम्बन्धि समस्याको उपचार गरेपछि दुई छोरीको जन्म दिएकी हुन् ।
१० दिनको अन्तरमा असुरक्षित यौन सम्पर्क पश्चात दोश्रोपटक गर्भाधारण भएपछि सबै चिकित्सकहरु अचम्ममा परेको बीबीसीले उल्लेख गरेको छ ।
चिकित्सकले महिलाको अण्डकोष तयार गरेर वा गर्भाधारण गरिसकेको अण्डकोष दुई हिस्सामा बाँडिएमा मात्र यस्तो अचम्म सम्भव हुने बताएका छन् ।
अहिले केटकी दुबै छोरीहरु शार्लेट र ओलिविया स्वस्थ रहेको अस्पतालका जनाएको छ । साथै उनीहरुको तौल पनि सामान्य छ ।
Last modified on 2017-08-03 15:02:56
Reporter
View Other Stories by Author >>