कम्बोडियामा प्रदुषीत खाद्यपदार्थका कारण सय भन्दा बढी बालबालिका विरामी



Download our app to get more features

कम्वोडिया, २ मङ्सिर । क्रिश्चियनहरूको संस्थाद्वारा चलाएको विद्यालयमा खानापछि खाने मिष्ठान्न खाँदा कम्बोडियामा करिव १ सय ३९ जना बालबालिका विरामी भएका छन् । 

ओडडर मेन्ची क्षेत्रमा पर्ने ट्रपिङ्गमा रहेको विद्यालयमा बुधबार साँझ खानापछि खाएको मिष्ठान्न प्रदुषीत भएकाले बालबालिकाहरु विरामी भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । 

“उनीहरुले खानापछिको मिष्ठान्न खाएको केही घण्टामै बेहोस हुने र बान्ता गर्ने गरेका थिए,” एक प्रहरी अधिकारीले भने। विरामी भएका विद्यार्थीहरु ४ देखि १४ बर्ष सम्मका रहेका उहाँले जानकारी दिए । 

विरामी भएका विद्यार्थीहरुलाई अस्पताल पठाइएको र उनीहरुको खाना परिक्षण गरिएको छ । 

विरामी मध्ये अधिकांश बालबालिकाहरुको अवस्था अहिले स्थिर छ । उनीहरु मध्ये केहीको अवस्था सुधार भइसकेको छ भने कोही बिहीबार अस्पतालबाट घर गइसकेका छन् । 

सो विद्यालयले केही बर्षदेखि गरिब परिवारका बालबालिकाहरुलाई निःशुल्क अध्ययन र खानाको व्यवस्था गर्दै आइरहेको थियो ।

-रासस/सिन्ह्वा -फाईल तस्वीर

Last modified on 2017-08-07 15:27:45

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts