राइस लिलैण्डः जसले जन्मेको तीन वर्षसम्म केही खाएका छैनन्
विश्वमा केही यस्ता रहस्य छन् जसलाई अहिलेसम्म विज्ञानले पनि सुल्झाउन सकेको छैन । मानिससँग जोडिएका केही यस्ता रहस्य छन्, जसका लागि अहिले पनि विज्ञानको लागि एक रहस्य जस्तै छ । इग्ल्याण्डमा राइस लिलैण्ड नामका एक तीन वर्षको बच्चा छन्, जसले जन्मदेखि अहिलेसम्म केही पनि खाएका छैनन् । जन्मेपछि अधिकांश समय अस्पतालको चक्कर लगाउन मै बितेको लिलैण्डले अझैसम्म खाना नखाँदा पनि स्वस्थ छन् ।
खाना बिना कसरी छ जीवित ?
तीन वर्षका राइस लीलैन्डले जन्मेदेखि नै एक रहस्यमय बिरामीका कारण हालसम्म केही पनि खाएका छैनन् । चिकित्सकहरुले यो अनुमान लगाएका छन् कि लिलैण्डको मस्तिष्कमा खाना पचाउने संकेतको अभाव रहेको छ ।
इग्ल्याण्डमा पहिलो पटक जन्मिएको यस्तो बच्चा जसलाई एक विशेष पम्प दिइएको छ जसका कारण शरीरको जरुरतको मात्रा पुरा गर्न सक्छ । राइसकी आमा डैनियल ओन्सका अनुसार तीन वर्षको उमेर अनुसार राइस धेरै चलाख रहेको छ । ‘बच्चामा पेट र आन्द्रामा दुइबटा फीडिंग ट्युव राखिएको छ’, आमा डैनियलले भनिन् ‘जव उसको पम्म बीप गर्छ यसले मलाई बताउँछ ।’ राइसले आफै पनि पम्प गर्न जानेको छन् ।
चिकित्सकले हालसम्म पनि राइसलाई कस्तो किसिमको रोग लागेको हो पत्ता लगाउन सकेका छैनन् ।
जन्मेको छ महिना पछि
ग्रेटर मैनचेस्टरको वर्सनी मेसेन्समा बस्दै आएका राइसको ६ महिनापछि तौल बढ्न बन्द भएको थियो । चिकित्सकले अवस्थालाई नियाले र त्यपछि अहिलेसम्म राइसको १३ पटक शल्यक्रिया भइसकेको छ । आमा डैनियल भन्छिन् ‘राइसको अहिलेसम्म धेरै समय अस्पताल जाँदैमा बितेको छ ।’
रोगको नाम छैन
राइस खाना खाना र पिउन सक्दैन । जसका कारण उसको पेटमा धेरै प्रकारको समस्या रहेको छ । तर, चिकित्सकहरु अहिलेसम्म उक्त रोगको बारेमा केही बुझ्न सकेका छैनन् । चिकित्सकका अनुसार राइसमा खाना पचाउन सक्ने कुनै संकेत पाइएको छैन । त्यसैले उसमा यस्तो समस्या देखिएको हो ।
हाल उ साथिहरु सँग खेल्ने र नर्सरीमा पढ्दै छ । उसको चक्चके बानीका कारण परिवार चिन्तित रहेको छ । जसका कारण उसको पेटमा राखिएको ट्युव लिक नहोस् । राइसका बुवा काइले भन्छन् ‘यस्तो अवस्थामा उसले स्कुलमा कसरी पढ्न सक्ला ?’
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>