एचआइभी संक्रमितको लागी धुमपान भाइरसभन्दा पनि खतरनाक  !  



Download our app to get more features

एजेन्सी । एचआइभी संक्रमित व्यक्तिले चुरोट सेवन गर्नाले भाइरसले भन्दा चुरोटको धुवाँले बढि हानी गर्ने भारतीय अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

निरन्तर एचआइभीको औषधी  सेवन गरीरहेको व्यक्तिले साथमा धुमपान पनि गर्छ भने एचआइभी भन्दा पनि धुमपानका कारण मृत्यु हुने खतरा बढी हने हार्वड मेडिकल स्कूलका अध्ययता डा. कृष्ण पी रेड्डीको टोलीले गरेको अनुसन्धानमा उल्लेख छ । अध्ययनले भनेको छ ‘यदि तपाँई धुमपान छोडेर एचआइभिको औषधी सेवन गर्नुहुन्छ भने धेरै समय बाँच्न सकिन्छ तर साथसाथै धुमपान पनि गनुृहुन्छ भने एचआइभिको कारणले भन्दा धुमपानका कारणले तपाँईको ज्यान जानेछ ।’

डा.रेड्डिले भनेका छन ' धुमपानले औषधी सेवन गरीरहेका एचआइभि संक्रमितलाई सजिलै असर पार्ने भएकोले अब एचआइभि भाइरस विरुद्ध नयाँ विकल्पहरु खोज्नुपर्छ ।’ अध्ययनकर्ताले विशेष कम्प्युटर प्रणालीको प्रयोग गरी एचआइभिका उपचार गराइरहेका संक्रमितहरुमा अध्ययनमा उपचारको क्रममा धुमपान नगर्नेहरुको तुलनामा धुमपान गर्नेको आयु दुई गुणा कम भएको पाइएको छ । 

धुमपान विशेषगरी एचआइभि संक्रमित भएर बाँच्नेहरुका लागी एकदमै खतरापूर्ण छ । उनीहरुका लागी एचआइभिसँगै मुटुको समस्या, क्यान्सर, फोक्सोको जटिल समस्या लगायतका अन्य संक्रमण हुने ९५ प्रतिशत संभावना बढी रहन्छ ।

Last modified on 2017-08-09 15:00:06

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts