विषाक्त खानाको कारण १ सय ३७ विद्यार्थी विरामी



Download our app to get more features

कम्बोडिया, ४ कात्तिक । कम्बोडियाका स्थानीय स्वयमसेवी संस्थाले वितरण खाना खाएपछि एक विद्यालयमा झण्डै १ सय ३७ जना विद्यार्थी विरामी भएका छन् । एक प्रहरी अधिकारीले सो समाचारलाई पुष्टि गरेका छन् ।
दक्षिणी कम्बोडियामा पर्ने ताकेओ क्षेत्रमा सो विषाक्त खानाको कारण ती बालबालिका बिरामी परेका जनाइएको छ ।
 
ट्रम कक जिल्लाका प्रहरी उपप्रमुख सोक सोचेआले दिनु भएको जनाकारी अनुसार गत मङ्गलबार बिहानदेखि विद्यार्थीहरु विरामी पर्न सुरु भएको थियो ।

उहाँका अनुसार ती बालबालिकालाई भुटेको भात, मकै, अण्डा, दुध, ससेज र पानी दिइएको थियो ।

बिरामी हुनासाथ विद्यार्थीहरुलाई उपचारकालागि अस्पतालमा लगिएको छ । उनीहरुलाई वितरण गरिएको खाना पनि परिक्षणका लागि सम्वन्धित ठाउँमा पठाइएको बताइएको छ । 
रासस /सिन्ह्वा 

Last modified on 2017-08-13 13:20:09

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts