गर्भवती महिलामा ‘जिका भाइरस’ फेला पर्यो



Download our app to get more features

मनिला, ११ असोज । फिलिपिन्समा एक गर्भवती महिला ‘जिका भाइरस’बाट प्रभावित भएको सोमबार जनाइएको छ । 

यस प्रकार गर्भवती महिला जिका भाइरसबाट प्रभावित भएको फिलिपिन्समा पहिलो पटक देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

गर्भवती महिला जिका भाइरसबाट प्रभावित हुनु गर्भस्थ शिशुलाई खतरा पुग्नु मानिन्छ । 

यसै क्रममा फिलिपिन्सका जनस्वास्थ्य अधिकारीले एउटा जरुरी सूचना जारी गरी सबै गर्भवती महिला तथा सर्वसाधारण जनतालाई लामखट्टेबाट जोगिन सचेत गराएका छन् । 

यस महिना फिलिपिन्सभरी एउटी गर्भवती महिलासहित १२ जना व्यक्ति जिका भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य सचिव पाउलीनले युबाएलले जानकारी दिएका छन् । 

सेबु प्रांन्तको केिन्द्रय द्विप क्षेत्रमा बसोवास गर्दै आएकी २२ वर्षीया ती गर्भवती महिलाको १९ हप्ताको गर्भ रहेको र गर्भस्थ बालक उनको पहिलो सन्तान भएको बताइएको छ । 

बच्चा जन्म नभएसम्म ती गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण र जिका भाइरस निगरानीमा राखिने पनि स्वास्थ्य विभागले जानकारी दिएको छ । 

जिका भाइरसबाट प्रभावित गर्भवती महिलालाई ‘माइक्रोसेफाली’ भन्ने रोग लाग्ने हुँदा उनीबाट मस्तिष्क र टाउको असाधारण रुपले सुकेको शिशु जन्मने गरेको पाइएको छ । 

फिलिपिन्समा यस महिनामा जिका भाइरसबाट प्रभावित १२ व्यक्ति मध्ये ९ देखि ५५ वर्षसम्म उमेरका आठजना महिला रहेका जनाइएको छ ।

रासस / एएफपी 

Last modified on 2017-08-18 15:40:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts